2.5 KiB
2.5 KiB
मेट्नु, हटाउनु
परिभाषा:
“मेट्नु” र “हटाउनु” को अर्थ हुन्छः कुनै कुरो वा व्यक्तिलाई पूर्णतः नाश पार्नु वा उन्मूलन गर्नु ।
- यी शब्दहरूलाई सकारात्मक अर्थमा पनि प्रयोग गर्न सकिन्छ, जस्तैः पापलाई क्षमा दिई तिनलाई नसम्झने रोजाइ गरेर परमेश्वरले पापलाई “मेटिदिनुहुन्छ ।”
- यसलाई अक्सर नकारात्मक अर्थमा पनि प्रयोग गरिन्छ, जस्तैः मानिसहरूका पापको कारणले परमेश्वरले तिनीहरूलाई नष्ट पारी तिनीहरूलाई “मेटिदिनुहुन्छ” वा “उन्मूलन गरिदिनुहुन्छ ।”
- जीवनको पुस्तकबाट व्यक्तिको नाउँ “मेटिदिने” वा “हटाइदिने” विषयमा बाइबलले चर्चा गर्छ, जसको अर्थ हुन्छ कि त्यस व्यक्तिले अनन्त जीवन पाउनेछैन ।
अनुवादका लागि सुझावहरूः
- सन्दर्भमा आधारित रहेर यी शब्दहरूलाई “मुक्त गर्नु” वा “पूर्णतः नाश पार्नु” वा “पूर्णतः हटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
- जीवनको पुस्तकबाट कसैको नाउँ हटाउने कुरोलाई उल्लेख गर्दा यसलाई “बाट मिल्काइदियो” वा “मेटिदियो” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
- व्यवस्था २९:२०-२१
- प्रस्थान ३२:३०-३२
- उत्पत्ति ०७:२३-२४
- भजनसंग्रह ५१:१-२