5.1 KiB
5.1 KiB
धोका दिनु, धोकेबाज
परिभाषा:
क्रियापद “धोका दिनु” को अर्थ हुन्छः कसैलाई छल्ने वा हानि पुर्याउने तरिकाले काम गर्नु । “धोकेबाज” त्यो व्यक्ति हो, जसले उसमाथि भरोसा गर्ने व्यक्तिलाई धोका दिन्छ ।
- यहूदा “धोकेबाज” थियो, किनकि येशूलाई कसरी पक्रने भनी त्यसले यहूदी अगुवाहरूलाई बतायो ।
- यहूदाको धोका खास तवरले दुष्ट थियो, किनकि त्यो येशूको एक प्रेरित थियो जसले येशूको अन्यायपूर्ण मृत्युमा पुर्याउने जानकारी दिन यहूदी अगुवाहरूबाट रुपियाँ-पैसा लियो ।
अनुवादका लागि सुझावहरूः
- सन्दर्भमा आधारित रहेर क्रियापद “धोका दिनु” लाई “छल गरेर हानि पुर्याउनु” वा “शत्रुकहाँ सुम्पुन” वा “छलपूर्ण तवरले व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
- “धोकेबाज” शब्दलाई “धोका दिने व्यक्ति” वा “दोहोरो चालको” वा “विश्वासघाती” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः यहूदा इस्करियोत, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू, प्रेरित, बार्ह, एघार)
बाइबलका सन्दर्भहरूः
- प्रेरित ०७:५१-५३
- यूहन्ना ०६:६४-६५
- यूहन्ना १३:२१-२२
- मत्ती १०:२-४
- मत्ती २६:२०-२२
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (२१-११) मसीहलाई मार्नेहरूले उहाँका वस्त्रहरूका लागि चिट्ठा हाल्ने थिए, र एक मित्रले उहाँलाई धोका दिने थियो भनी अन्य अगमवक्ताहरूले भविष्यवाणी गरे । मसीहलाई धोका दिएबापत त्यस मित्रलाई भुक्तानिस्वरूप तिस चाँदीका सिक्का दिइने थियो भनी जकरिया अगमवक्ताले भविष्यवाणी गरे ।
- (३८-०२) येशू र चेलाहरू यरूशलेममा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गयो, र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
- (३८-०३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्का दिए ।
- (३८-०६) त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछौ ।” ... येशूले भन्नुभयो, “मैले जसलाई यो रोटीको टुक्रा दिन्छु, त्यही नै धोकेबाज हो ।”
- (३८-१३) उहाँ तेस्रो पटक फर्केपछि उहाँले भन्नुभयो, “जागा रहो ! मेरो धोकेबाज यहीँ छ ।”
- (३८-१४) त्यसपछि येशूले भन्नुभयो, “ए यहूदा, के तिमी मलाई चुम्बनले धोका दिन्छौ ?”
- (३९-०८) त्यही बेला यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्ड तोकेको धोकेबाज यहूदाले देख्यो । त्यो अपशोचले भरिएर गयो, अनि त्यसले आत्महत्या गर्यो ।