2.1 KiB
2.1 KiB
मिरियम
परिभाषा:
मिरियम हारून र मोशाकी दिदी थिइन् ।
- तिनी सानै हुँदा,मिरियमलाई तिनकी आमाले नाइल नदीमा एउटा टोकरीमा नर्कटको घारीमा राखिएको तिनका बालक भाइ मोशाको हेरचाह गर्न खटाएकी थिइन । जब फारोकी छोरीले उक्त्त बालकलाई भेटिन्, र आफ्नो तर्फबाट उसको हेरचाह गर्न कोही एक जना खोजिन्, तब मिरियमले चलाखी साथ आफ्नी आमालाई त्यो काम गर्नका लागि ल्याइन् ।
- इस्राएलीहरूले मिश्रीहरूबाट उम्केर लाल समुद्र पार गरेपछि, मिरियमले इस्राएलीहरूलाई आनन्द गर्ने र परमेश्वरलाई धन्यवाद दिने नाचमा अगुवाइ गरिन् ।
- वर्षौंपछि, इस्राएलीहरू मरूभूमिमा भौंतारिएको समयमा, मोशाले एउटी कुशी स्त्री विवाह गरेकोमा मिरियम र हारून बेखुसी भए र उनको आलोचना गरे ।
- मोशाको विरूद्धमा बोलेर विद्रोह गरेको कारण, परमेश्वरले मिरियमलाई कुष्ठरोगले प्रहर गर्नुभयो । तर मोशाले तिनको लागि अन्तर्विन्ति गरेपछि, परमेश्वरले तिनलाई निको बनाउनुभयो ।