5.5 KiB
5.5 KiB
यहोशू
परिभाषा:
बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।
- मोशाद्वारा प्रतिज्ञात देशको अन्वेषण गर्न पठाइएका बार्ह जना गुप्तचरमध्ये यहोशू एक थिए ।
- प्रतिज्ञाको देशमा प्रवेश गरी कनानीहरूलाई पराजित गरेर परमेश्वरको आज्ञा मान्न यहोशूले इस्राएलीहरूलाई उत्साह दिँदा कालेबसँगै तिनले आफ्नो साहस देखाए र परमेश्वरमाथि भरोसा गरे ।
- धेरै वर्षपश्चात् मोशाको मृत्युभएपछि इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्याउन परमेश्वरले यहोशूलाई नियुक्त गर्नुभयो ।
- कनानीहरूको विरुद्धमा पहिलो र सर्वाधिक महत्त्वपूर्ण युद्धमा परमेश्वरले भन्नुभएमुताबिक यहोशूले इस्राएलीहरूको नेतृत्व गरी तिनले यरीहो सहरलाई पराजित गरे ।
- यहोशूको पुस्तक तिनको नेतृत्वमा घटेका घटनाहरूको बारेमा लेखिएको पुस्तक हो । यहाँ प्रतिज्ञात देशको कब्जा र इस्राएलका कुलहरूको लागि देशको विभाजनबारे पढ्न पाइन्छ ।
- हाग्गै र जकरिया नामक पुरानो करारका पुस्तकहरूमा यहोशू (नेपाली बाइबलमा येशूअ) नाउँ गरेको अर्कै मानिसको उल्लेख गरिएको छ । यी यहोशू प्रधान पूजाहारी थिए जसले यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्न मदत गरे । तिनी योसादाकका छोरा थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मोशा, प्रतिज्ञात देश, यरीहो, कनान, कनानी)
बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (१४-०४) जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलको हरेक कुलबाट एक-एक गरी बार्ह जना मानिस छाने । त्यो देश कस्तो थियो भनी त्यसको भेद लिन जान तिनले ती मानिसहरूलाई निर्देशन दिए ।
- (१४-०६) तुरुन्तै अन्य दुई जना गुप्तचर कालेब र यहोशूले भने, “यो साँचो हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
- (१४-०८) यहोशू र कालेबबाहेक बिस वर्ष र सोभन्दा माथिको हरेक व्यक्ति त्यहीँ मर्नेछ र कहिल्यै प्रतिज्ञात देशमा प्रवेश गर्नेछैन ।”
- (१४-१४) अब मोशा निकै वृद्ध भइसकेका थिए । त्यसैले, मानिसहरूको नेतृत्वको लागि तिनीहरूलाई मदत गर्न परमेश्वरले यहोशूलाई चुन्नुभयो ।
- (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्वरमाथि भरोसा राख्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
- (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्वरले यहोशूलाई बताउनुभयो ।