1.4 KiB
1.4 KiB
योआब
परिभाषा:
राजा दाऊदको शासनकालभरि नै योआब तिनको लागि एक महत्त्वपूर्ण सैनिक अगुवा थिए ।
- दाऊद राजा हुनुभन्दा पहिले योआब पहिले नै तिनका भक्त अनुयायी बनिसकेका थिए ।
- पछि, दाऊदले राजाको रूपमा इस्राएलमाथि शासन गर्दा योआब राजा दाऊदका सेनाको सेनापति बने ।
- योआबकी आमा सरूयाह थिइन् जो राजा दाऊदकी बहिनी थिइन् । तसर्थ, योआब दाऊदका भतिजा पर्थ्यो ।
- दाऊदका छोरा अब्शालोमले दाऊदको शासन हत्याउन तिनलाई धोका दिँदा राजालाई रक्षा गर्नका लागि योआबले अब्शालोमलाई मारे ।
- योआब निकै आक्रामक योद्धा थिए र तिनले इस्राएलका धेरै शत्रुहरूलाई मारे ।
(हेर्नुहोस्ः अब्शालोम, दाऊद)