ne_tw/bible/names/hebron.md

1.7 KiB
Raw Permalink Blame History

हेब्रोन

परिभाषा:

हेब्रोन यरूशलेमबाट करिब २० माइल दक्षिणमा अवस्थित एउटा सहर थियो । यो उच्‍च ठाउँमा चट्टानका पर्वतहरूमा खडा थियो ।

  • अब्रामको समयमा लगभग २, ख्रीष्‍टपूर्वतिर नै यो सहर निर्माण गरिएको थियो । पुरानो करारमा अभिलिखित ऐतिहासिक विवरणहरूमा यसको धेरै पटक उल्लेख गरिएको छ ।
  • राजा दाऊदको जीवनमा हेब्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो । अब्शालोमलगायत तिनका केही छोराहरू त्यहीँ नै जन्मेका थिए ।
  • करिब ख्रीष्‍टाब्द ७० मा रोमीहरूद्वारा यस सहरलाई नष्‍ट पारियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्शालोम)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १३:१६-१८
  • उत्पत्ति २३:१-२
  • उत्पत्ति ३५:२६-२७
  • उत्पत्ति ३७:१२-१४