2.2 KiB
2.2 KiB
हमात, लेबो हमात, हमातीहरू
परिभाषा:
हमात कनान देशको उत्तरमा अवस्थित सिरियाको उत्तरपट्टि पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । हमातीहरू नोआका छोरा कनानका सन्तानहरू थिए ।
- “लेबो हमात” ले सम्भवतः हमात सहरको नजिकै भएर जाने पर्वतलाई जनाउँछ ।
- केही संस्करणहरूले “लेबो हमात” लाई “हमातको लागि प्रवेश” भनी अनुवाद गर्छन् ।
- राजा दाऊदले हमातका राजा तोऊका शत्रुहरूलाई पराजित गरे, जसले तिनीहरूको सम्बन्ध निर्माणमा भूमिका खेल्यो ।
- हमात सोलोमनको एउटा भण्डारण गर्ने सहर थियो, जहाँ खाद्य पदार्थहरू राखिन्थे ।
- हमात देशमा नै राजा नबूकदनेसरद्वारा राजा सिदकियाहको हत्या गरिएको थियो र मिश्री फारोद्वारा राजा यहोआहाजलाई समातिएको थियो ।
- “हमातीहरू” भन्ने शब्दलाई “हमातका मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, कनान, कनानी, नबूकदनेसर, सिरिया, सिदकिया)
बाइबलका सन्दर्भहरूः