1.2 KiB
1.2 KiB
गोल्यत
परिभाषा:
गोल्यत पलिश्तीहरूको सेनामा अत्यन्तै अग्लो र ठुलो ज्यान भएको सिपाही थियो, जो दाऊदद्वारा मारियो ।
- गोल्यत दुईदेखि तिन मिटरसम्म अग्लो थियो । त्यसको ठुलो आकारको कारणले गर्दा त्यसलाई प्रायः बडेमान भनी उल्लेख गरिएको छ ।
- दाऊदसितभन्दा गोल्यतसित राम्रा हतियारहरू भए तापनि र त्यो तिनीभन्दा ठुलो भए तापनि, त्यसलाई पराजित गर्न परमेश्वरले दाऊदलाई शक्ति र क्षमता दिनुभयो ।
- दाऊदले गोल्यतमाथि जित हासिल गरेसँगै पलिश्तीहरूमाथि इस्राएलीहरूको विजय घोषणा गरियो ।