1.9 KiB
1.9 KiB
अजर्याह
परिभाषा:
अजर्याह पुरानो करारमा केही मानिसहरूको नाउँ थियो ।
- एक जना अजर्याह निकै परिचित छन्, जसको बेबिलोनी नाउँ अबेद्नगो हो । नबूकदनेसरका सेनाद्वारा बेबिलोनी निर्वासनमा लगिने यहूदाका मनग्गे इस्राएलीहरूमध्ये तिनी एक थिए । अजर्याह र तिनका सङ्गी इस्राएलीहरू (हनन्याह र मीशाएल) ले बेबिलोनका राजाको पूजा गर्न इन्कार गरे । त्यसैले, राजाले दण्डस्वरूप तिनीहरूलाई बलिरहेको आगोको भट्टीमा फ्याँक्न लगाए । तर परमेश्वरले तिनीहरूको रक्षा गर्नुभयो, र तिनीहरूलाई पटक्कै चोट लागेन ।
- यहूदाका राजा उज्जिाह पनि “अजर्याह” भनी चिनिन्थे ।
- अर्का अजर्याह पुरानो करारका प्रधान पूजाहारी थिए ।
- यर्मिया अगमवक्ताको समयमा अजर्याह नाउँ गरेका मानिसले आ-आफ्ना मातृभूमि छाडी परमेश्वरप्रति अनाज्ञाकारी बन्न इस्राएलीहरूलाई गलत किसिमले अनुरोध गरे ।