1.4 KiB
1.4 KiB
अर्तासास्त
परिभाषा:
अर्तासास्त ४६४-४२४ ख्रीष्टपूर्वसम्म फारस साम्राज्यमाथि शासन गर्ने एक राजा थिए ।
- अर्तासास्तको शासनकालमा यहूदाका इस्राएलीहरू बेबिलोनमा निर्वासित थिए । त्यस बेला बेबिलोन फारसको नियन्त्रणमा थियो ।
- अर्तासास्तले पूजाहारी एज्रा र अन्य यहूदी अगुवाहरूलाई बेबिलोन छाडेर यरूशलेममा फर्केर जाने अनुमति दिए, ताकि तिनीहरूले इस्राएलीहरूलाई परमेश्वरको व्यवस्था सिकाउन सकून् ।
- बेबिलोन फारसको शासनमुनि रहेकोले अर्तासास्तलाई कहिले काहीँ “बेबिलोनका राजा” भनिएको छ ।
- अर्तासास्त र जर्सिस (अहासुरस) उही व्यक्ति होइन ।