1.8 KiB
1.8 KiB
अमस्याह
परिभाषा:
आफ्ना पिता राजा योआश मारिएपछि अमस्याह यहूदा राज्यको राजा बने ।
- राजा अमस्याहले यहूदामाथि २९ वर्ष अर्थात् ७९६-७६७ ख्रीष्टपूर्वसम्म शासन गरे ।
- तिनी एक असल राजा थिए । तर तिनले मूर्तिहरूको पूजा गरिने उच्च स्थानहरूलाई भने भत्काएनन् ।
- आफ्ना पिताको हत्याको लागि जिम्मेवार सबै मानिसहरूलाई अन्त्यमा अमस्याहले मारे ।
- तिनले विद्रोही एदोमीहरूलाई पराजित गरे, र तिनीहरूलाई यहूदा राज्यको नियन्त्रणमुनि ल्याए ।
- तिनले इस्राएलका राजा यहोआशलाई युद्धको लागि चुनौती दिए, तर तिनी हारे । यरूशलेमका पर्खालहरूको भाग नष्ट पारिए, अनि मन्दिरमा भएका चाँदी र सुनका भाँडाहरू चोरिए ।
- वर्षौंपश्चात् राजा अमस्याह यहोवे परमेश्वरबाट तर्के, र यरूशलेममा भएका केही मानिसहरू मिलेर षड्यन्त्र गरी तिनको हत्या गरे ।