ne_tw/bible/kt/zion.md

2.5 KiB

सियोन, सियोन पर्वत

परिभाषा:

मौलिक रूपमा “सियोन” वा “सियोन पर्वत” शब्दले दाऊद राजाले यबूसीहरूबाट कब्जा गरेका एउटा किल्ला वा गढलाई जनाउँछ । यो यरूशलेम शहर निर्माण गरिएकको पहाडहरू मध्ये एउटामाथि अवस्थित थियो र दाऊदको निवास भयो ।

  • सियोन र मोरीयाह यरूशलेम शहर अवस्थित पहाडहरू मध्ये दुईवटा पहाडहरू थिए । दाऊदका छोरा सोलोमनले परमेश्‍वरका निम्ति मोरिया पहाडमा एउटा मन्दिर बनाए, जहाँ अब्राहामले धेरै वर्षअगि तिनका छोरो इसहाक परमेश्‍वरलाई चढाएका थिए ।
  • पछि, “सियोन” र “सियोन पर्वत” यी दुवै पर्वतहरू र यरूशलेम सहरलाई जनाउनलाई प्रयोग गर्ने साझा शब्दावली भए । तिनीहरूलाई यरूशलेममा अवस्थित मन्दिरलाई जनाउन पनि प्रयोग गरियो ।
  • दाऊदले सियोन, वा यरूशलेम, “दाऊदको शहर” भनी नामाकरण गरे” । यो दाऊदको गृहनगर बेथलेहेमभन्दा फरक थियो, जसलाई दाऊदको सहर पनि भनिन्थ्यो ।
  • “सियोन” शब्द इस्राएल वा परमेश्‍वरको आत्मिक राज्य वा परमेश्‍वरले सृजनुहुने नयाँ, स्वर्गीय यरूशलेमलाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

(हेर्नुहोस्ः अब्राहम, अब्राम, दऊद, यरूशलेम, बेथेलेहेम, एप्राता, यबूसी)