ne_tw/bible/kt/yahweh.md

6.5 KiB

यह्वे

परिभाषा:

“यह्वे” शब्द परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ हो, जुन उहाँले मोशालाई जलिरहेको पोथ्रामा प्रकट गर्नु भयो ।

  • “यह्वे” नाम “हुनु” वा “अस्तित्व आउनु” भन्‍ने शब्दबाट आउँछ ।
  • सम्भावित अर्थहरू “उहाँ हुनुहन्छ” वा “म हुँ” वा “हुन लगाउनुहुने” भन्‍ने हुन्छ ।
  • यो नाउँले परमेश्‍वर सदैव जिउनु भयो र सदासर्वदा जिउनु हुन्छ भन्‍ने प्रकट गर्छ । यसको अर्थ उहाँ सधैँ उपस्थित हुनुहुन्छ भन्‍ने पनि हुन्छ ।
  • प्रमुख भाषाहरूका धेरै बाइबल संस्करणहरू जस्तै अंग्रेजी, फ्रान्सेली, र स्पेनीले “यह्वे” लाई दर्शाउन “परमप्रभु” शब्द प्रयोग गर्छन् । उदाहरणको लागि, “म तिमीहरूका येहोवे परमेश्‍वर हुँ” लाई प्रायः “म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ” भनी अनुवाद गर्न सकिन्छ । अङ्ग्रेजी भाषामा परमप्रभु शब्दलाई सबै ठुला वर्ण (क्यापिटल)मा लेखिएको छ ।
  • केही मण्डली सम्प्रदायहरूले “यह्वे” को सट्टामा “परमप्रभु” प्रयोग गर्न रुचाउँछन् ।
  • तरैपनि यूएलबी र यूडीबीले परमेश्‍वरको व्यक्‍तिगत नाउँलाई पुरानो करारको हिब्रूमा शाब्दिरूपमा आउने “यह्वे” को रूपमा नै सदैव अनुवाद गर्दछन् ।
  • नयाँ करारमा व्यक्‍तिगत नाउँ “यह्वे” आउँदैन । बरु, “परमप्रभु” को निम्ति शब्द प्रयोग गरिए छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यहोवेलाई “म हुँ” वा “एक जीवित” वा “एक जना जो हुनुहुन्छ” वा “उहाँ जो जीवित हुँनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दलाई “यह्वे” को उच्‍चारण गरिएअनुसार नै लेख्‍न पनि सकिन्छ ।
  • ख्याल गर्नुहोस् कि “येह्वा” शब्दलाई यसरी अनुवाद नगर्नु उत्तम हुन्छ, जसलाई हिब्रूको परमप्रभु शब्दको स्वर वर्णहरूलाई “याह्वे” को व्यञ्‍जन वर्णसँग मिलार बानाइएको थियो ।

(अनुवादका नम्ति सुझावहरूः नामहरू कासरी अनुवाद गर्ने) (हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, मालिक, महाशय, मोशा अन्य) बाइबलका खण्डहरूः

  • दालिएल ९:३-४
  • इजकिएल १७:२४
  • उत्पत्ति २:४-६
  • उत्पत्ति ४:३-५
  • उत्पत्ति २८:१२-१३
  • यशैया १०:३-४
  • अय्‍यूब १२:९-१०
  • यहोशू १:८-९
  • विलाप १:४-५
  • लेवी २५:३५-३८
  • मलाकी ३:४-५
  • मीका २:३-५
  • भजनसंग्रह १२४:१-३
  • रूथ १:१९-२१
  • जकरिया १४:५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ ।” तिनीहरूलाई भन्‍नू, “‘म हुँ’ भन्‍नुहुनेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो’ ।” तिनीहरूलाई भन, ‘म याह्वे हुँ, अर्थात तिमीहरूका पिता-पुर्खाहरू अब्राहम, इसहाक र याकूबका परमेश्‍वर । मेरो नाउँ सदा यही रहनेछ’ ।”
  • (१३-०४) त्यसपछि परमेश्‍वरले करार दिनुभयो र भन्‍नुभयो, “म तिमीहरूलाई मिश्रको दासत्वबाट बचाउने तिमीहरूका परमेश्‍वर याह्वेह हुँ । अरू देवताहरूको पूजा नगर ।”
  • (१३-०५) “मूर्तीहरु नबनाऊ र तिनीहरूलाई नपूज, किनभने म याह्वे डाही परमेश्‍वर हुँ ।”
  • (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर याह्वेहको सट्टा कनानी देवताहरूको पूजा गर्न सुरु गरे ।
  • (१९-१०) तब एलियाले प्रर्थना गरे, “अब्राहम, इसहाक र याकूबका परमेश्‍वर याह्वे तपाईं एस्राएलका परमेश्‍वर हुनुहन्छ र म तपाईंको सेवक हुँ भन्‍ने आज हामीलाई देखाउनुहोस् ।”