ne_tw/bible/kt/wrath.md

2.2 KiB

क्रोध, रिस

परिभाषा:

क्रोध भनेको गहिरो रिस हो जुन कहिलेकाँही लामो समय सम्म पनि रहन सक्छ । यसले विशेष गरी पापको विरुद्ध परमेश्‍वरको धार्मिक इन्साफ र वहाँको विरुद्ध विद्रोह गर्ने मानिसहरूको दण्डलाई जनाउँछ ।

  • बाइबलमा, “क्रोध” ले प्रायः परमेश्‍वरको विरुद्ध पाप गर्नेहरू प्रतिको वहाँको रिसलाई जनाउँछ ।
  • “परमेश्‍वरको क्रोध” ले पापको विरुद्ध वहाँको इन्साफ र दण्डलाई पनि जनाउँछ ।
  • परमेश्‍वरको क्रोधले, आफ्नो पापको निम्ति पश्‍चात्ताप नगर्ने मानिसहरूका निम्ति धार्मिक सजायलाई जनाउँछ ।

अनुवाद सुझावहरूः

  • प्रसङ्गको आधारमा, यस शब्दलाई “गहिरो रिस” वा “धार्मिक इन्साफ” वा “रिस” भनेर अरू भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको क्रोधको बारेमा कुरा गर्दा, यस शब्दलाई अनुवाद गर्न प्रयोग गरिने शब्द वा वाक्यांशले पापको ज्यालाको रूपमा परमेश्‍वरको रिस भन्‍ने अर्थ नदिओस् भन्‍ने सुनिश्‍चित गर्नुपर्छ । परमेश्‍वरको क्रोध न्यायपूर्ण र पवित्र छ ।