ne_tw/bible/kt/worthy.md

3.2 KiB

योग्य, लायक, अयोग्य, मूल्यहीन

परिभाषा:

“योग्य” भन्‍ने शब्दले इज्जत र मानको लायक कोहीलाई वा केहीलाई वर्णन गर्छ । “मूल्य हुनु” भनेको मूल्यवान वा महत्त्वपूर्ण हुनु हो । “मूल्यहीन” भनेको कुनै मोलको नहुनु हो ।

  • योग्य हुनु भनेको मूल्यवान हुनु वा महत्त्व हुनुसँग सम्बन्धित छ ।
  • “अयोग्य” हुनु भनेको कुनै पनि विशेष वास्ताको लायक नहुनु हो ।
  • योग्य महसुस नहुनु भनेको अरू कोही भन्दा कम महत्त्वको सम्झनु हो वा मान र दयासँग व्यवहार गरिनको निम्ति लायक नठान्‍नु हो ।
  • “अयोग्य” र “मूल्यहीन” भन्‍ने शब्दहरूका सम्बन्धित तर फरक अर्थहरू हुन्छन् । “अयोग्य” हुनु भनेको कुनै मान वा पहिचानको लायक नहुनु हो । “मूल्यहीन” हुनु भनेको कुनै उद्देश्य वा मूल्य नहुनु हो ।

अनुवाद सुझावहरूः

  • “योग्य” लाई “लायक” वा “महत्त्वपूर्ण” वा “मूल्यवान” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “लायक” भन्‍ने शब्दलाई “मूल्य” वा “महत्त्व” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मूल्यको हुनु” भन्‍ने वाक्यांशलाई “मूल्यवान हुनु” वा “महत्तपूर्ण हुनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “.. भन्दा धेरै मूल्यको छ” भन्‍ने वाक्यांशलाई “..... भन्दा धेरै मूल्यवान छ” भनेर अनुवाद गर्न सकिन्छ ।
  • प्रसङ्गको आधारमा, “अयोग्य” भन्‍ने शब्दलाई “महत्त्वहीन” वा “सम्मान गर्न अयोग्य” वा “नालायक” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मूल्यहीन” भन्‍ने शब्दलाई “कुनै मूल्य विना” वा “कुनै उद्देश्य विना” वा “केही महत्त्व नभएको” भनेर अनुवाद गर्न सकिन्छ ।