ne_tw/bible/kt/world.md

4.1 KiB

संसार, सांसारिक

परिभाषा:

“संसार” भन्‍ने शब्दले यस जगतमा मानिसहरू बसोबास गर्ने स्थान, पृथ्वीलाई जनाउँछ । “सांसारिक” भन्‍ने शब्दले यस संसारमा बस्‍ने मानिसहरूका दुष्‍ट मूल्यहरू र व्यवहारहरूलाई वर्णन गर्छ ।

  • यसको सबै भन्दा साधारण अर्थमा, “संसार” भन्‍ने शब्दले स्वर्ग र पृथ्वी र त्यहाँका यावत् थोकहरूलाई जनाउँछ ।
  • अरू धेरै प्रसङ्गहरूमा, “संसार” ले वास्तविक रूपमा, “यस संसारका मानिसहरू” लाई जनाउँछ ।
  • कहिलेकाँही यसले पृथ्वीका दुष्‍ट मानिसहरू र परमेश्‍वरका आज्ञा नमान्‍ने मानिसहरूलाई जनाउँछ भनेर बुझिन्छ ।
  • प्रेरितहरूले पनि यस संसारमा बस्‍ने मानिसहरूका स्वार्थपूर्ण व्यवहारहरू र भ्रष्‍ट मूल्यहरूलाई जनाउनको निम्ति “संसार” भन्‍ने शब्द प्रयोग गरे ।
  • यस्ता मूल्यहरूद्वारा परिचित मानिसहरू वा वस्तुहरूलाई “संसारिक भनिन्छ ।”

अनुवाद सुझावहरूः

  • प्रसङ्ग अनुसार, “संसार” लाई “जगत” वा “यस संसारका मानिसहरू” वा “यस संसारका भ्रष्‍ट कुराहरू” वा “यस संसारका मानिसहरूका दुष्‍ट मनोवृत्ति” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “सारा संसार” भन्‍ने वाक्यांशले प्रायः “धेरै मानिसहरू” भन्‍ने अर्थ दिन्छ र कुनै निश्‍चित भागमा बस्‍ने मानिसहरूलाई जनाउँछ । उदाहरणको लागि, “सारा संसार मिश्रमा आए” लाई “वरिपरिका देशहरूका धेरै मानिसहरू मिश्रमा आए” वा “मिश्र वरिपरि भएका सबै देशहरूका मानिसहरू त्यहाँ आए” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “रोमी जनगणनामा दर्ता हुनको निम्ति सारा संसार तिनीहरूको आफ्नो सहरमा गए” लाई “रोमी साम्राज्यद्वारा राज्य गरिएका धेरै क्षेत्रका मानिसहरू..... गए” भनेर अर्को तरिकाले अनुवाद गर्न सकिन्छ ।
  • प्रसङ्ग अनुसार, “सांसारिक” भन्‍ने शब्दलाई “दुष्‍ट” वा “पापपूर्ण” वा “स्वार्थपूर्ण” वा “अधर्मी” वा “भ्रष्‍ट” वा “यस संसारमा भएका मानिसहरूका भ्रष्‍ट मूल्यहरूबाट प्रभावित” भनेर अनुवाद गर्न सकिन्छ ।