ne_tw/bible/kt/works.md

6.3 KiB

कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू

परिभाषा:

बाइबलमा, “कार्यहरू” “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू परमेश्‍वर वा मानिसहरूले गर्ने कुराहरूलाई जनाउन प्रयोग गरिन्छ ।

  • “कार्य” शब्दले परिश्रम वा अरू मानिसलाई सेवा पुर्याउन गरिने सबै कामलाई जनाउँछ ।
  • पमेश्‍वरका “कार्यहरू” वा “वहाँका हातका कार्यहरू” भन्‍ने टुक्‍काहरूले वहाँले गर्नुहुने र गर्नुभएका सबै कुराहरूलाई जनाउँछन् जसमा यस संसारको सृष्‍टि, पापीहरूलाई बचाउने काम, सबै सृष्‍टिको आवश्यकता पूरा गर्ने र सारा जगतलाई नै थामीराख्‍ने कुराहरू पर्दछन् । “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू पनि “शक्तिशाली व्यवहारहरू” वा “सुन्दर कामहरू” जस्ता वाक्यहरूमा परमेश्‍वरका अचम्मका कामहरू जनाउन प्रयोग हुन्छन् ।
  • एउटा मानिसले गर्ने कार्यहरू वा कामहरू असल वा खराब हुन सक्छन् ।
  • पवित्र आत्माले मानिसहरूलाई असल कार्यहरू गर्न शक्ति प्रदान गर्नुहुन्छ, जसलाई “असल फल” पनि भनिन्छ ।
  • मानिसहरू तिनीहरूका असल कार्यहरूबाट होइन तर येशू ख्रीष्‍टमाथि विश्‍वासद्वारा बचाइन्छन् ।
  • एउटा मानिसको “कार्य” भनेको उसले आफ्नो जीवन यापन गर्न गर्ने कुरा वा परमेश्‍वरको सेवा गर्नलाई गर्ने कुरा हो । बाइबलले पनि परमेश्‍वरलाई “कार्य गर्ने” भनेर जनाएको छ ।

अनुवादका लागि केही सुझावहरू

  • “कार्यहरू” वा “कामहरू” लाई “व्यवहारहरू” वा “गरिएका कुराहरू” भनेर पनि भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ ।
  • “कार्यहरू” लाई अनुवाद गर्न प्रयोग गरिने शब्दहरूमा वचनहरू र विचारहरूपनि संलग्‍न गर्न सकियोस् भनेर सुनिश्‍चित गर्नुहोस् ।
  • परमेश्‍वरका “कार्यहरू” वा “कामहरू” र “वहाँका हातका कार्य” हरू लाई संकेत गर्ने क्रममा यी वाक्यांशहरूलाई “आश्‍चर्यकर्महरू”, वा “सामर्थी व्यवहारहरू” वा “वहाँले गर्नुहुने अचम्मका कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको कार्य” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरले गरिरहनुभएका कुराहरू” वा “परमेश्‍वरले गर्नुहुने आश्‍चर्यका कामहरू” वा परमेश्‍वरले गर्नुहुने अचम्मका कामहरू” वा “परमेश्‍वरले पूरा गर्नुभएका सबै कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कार्य” भन्‍ने शब्द चाँहि “कार्यहरू” को एकवचन रूप हो जस्तै कि, “हरेक असल कार्य” वा “हरेक असल काम ।”
  • “कार्य” भन्‍ने शब्दको “सेवा” वा “सेवा-कार्य भन्‍ने झनै फराकिलो अर्थ हुन सक्छ । उदाहरणको लागि, “परमप्रभुमा तिम्रो कार्य” भन्‍ने वाक्यलाई “परमप्रभुको निम्ति तिमीले जे गर्छौ” भनेर अनुवाद गर्न सकिन्छ । “आफ्नो कार्यलाई जाँच” भन्‍ने वाक्यलाई “तिमीले गरिरहेका कुरा परमेश्‍वरको इच्छा अनुसार हो भन्‍ने कुरा सुनिश्‍चित गर” वा “तिमीले सके सम्म उत्कृष्‍ट गर” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “पवित्र आत्माको कार्य” भन्‍ने वाक्यांशलाई “पवित्र आत्माले दिनुहुने अधिकार” वा “पवित्र आत्माको सेवा-कार्य” वा “पवित्र आत्माले गर्नुहुने कामहरू” भनेर अनुवाद गर्न सकिन्छ ।