ne_tw/bible/kt/vow.md

2.5 KiB

भाकल

परिभाषा:

भाकल व्यक्‍तिले परमेश्‍वरको निम्ति गर्ने प्रतिज्ञा हो । परमेश्‍वरलाई विशेष रूपमा आदर गर्न वा उहाँप्रति भक्‍ति देखाउन व्यक्‍तिले केही कुराहरू गर्ने प्रतिज्ञा गर्दछ ।

  • व्यक्‍तिले भाकल गरेपछि त्यस भाकललाई पुरा गर्ने जिम्मा उसकै काँधमा हुन्छ ।
  • बाइबलले सिकाउँछ, कि व्यक्‍तिले आफ्नो भाकल पुरा गरेन भने परमेश्‍वरद्वारा उसको न्याय हुन सक्छ ।
  • कहिले काहीँ व्यक्‍तिले भाकल गरेको सट्टामा कुनै कुरो उपलब्ध गराउन वा उसको रक्षा गर्न उसले परमेश्‍वरसित बिन्ती गर्न सक्छ ।
  • तर व्यक्‍तिले आफ्नो भाकलमा मागेको कुरो परमेश्‍वरले दिनैपर्छ भन्‍ने छैन ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “भाकल” लाई “गम्भीर प्रतिज्ञा” वा “परमेश्‍वरको निम्ति गरिने प्रतिज्ञा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “शपथ” लाई भन्दा यस शब्दलाई फरक किसिमले अनुवाद गरिनुपर्छ ।

(हेर्नुहोस्ः प्रतिज्ञा, शपथ, शपथ खानु, ले शपथ खानु)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०७:२७-२८
  • प्रेरित २१:२२-२४
  • उत्पत्ति २८:२०-२२
  • उत्पत्ति ३१:१२-१३
  • योना ०१:१४-१६
  • योना ०२:९-१०
  • हितोपदेश ०७:१३-१५