ne_tw/bible/kt/trust.md

4.6 KiB

भरोसा, भरोसायोग्य, भरोसायोग्यता

परिभाषा:

शब्द “भरोसा” ले कुनै व्यक्‍ति वा वस्तु सत्य छ वा भरपर्दो छ भनी विश्‍वास गर्ने कुरालाई जनाउँछ । ठिक र सत्य कुरा गर्छ र बोल्छ भनी “भरोसायोग्य” व्यक्‍तिमाथि भर पर्न सकिन्छ ।

  • भरोसा विश्‍वाससित सामीप्य रूपमा सम्बन्धित छ । हामीले कसैमाथि भरोसा गर्‍यौँ भने उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो उसले गर्छ भनी हामी त्यस व्यक्‍तिमा विश्‍वास गर्छौं ।
  • कसैमाथि भरोसा गर्नुको अर्थ त्यस व्यक्‍तिमा आश्रित हुनु पनि हो ।
  • येशू “मा भरोसा गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वर हुनुहुन्छ र हाम्रा पापको मूल्य चुकाउन उहाँ क्रुसमा मर्नुभयो भनी विश्‍वास गर्नु हो अनि हामीलाई बचाउन उहाँमाथि भर पर्नु हो ।
  • “भरोसायोग्य भनाइ” ले भनिएको कुरो सत्य छ भनी मानिलिन सकिन्छ भन्‍ने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • “भरोसा” लाई “विश्‍वास” वा “विश्‍वास गर्नु” वा “निश्‍चित हुनु” वा “आश्रित हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मा तपाईंको भरासा राख्‍नुहोस्” भन्‍ने वाक्यांश “मा भरोसा गर्नुहोस्” सित निकै समान छ ।
  • शब्द “भरोसायोग्य” लाई “भर पर्न सकिने” वा “विश्‍वसनीय” वा “सधैँ भर पर्न सकिन्छ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास, निश्‍चितता, निश्‍चित, विश्‍वासयोग्य, विश्‍वासयोग्यता, सत्य, सत्यता)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ०९:२२-२४
  • १ तिमोथी ०४:९-१०
  • होशे १०:१२-१३
  • यशैया ३१:१-२
  • नहेम्याह १३:१२-१४
  • भजनसंग्रह ३१:५-७
  • तीतस ०३:८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणरूः

  • (१२-१२) जब इस्राएलीहरूले मिश्रीहरू मरेका देखे, तब तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र मोशा परमेश्‍वरका अगमक्‍ता रहेछन् भनी विश्‍वास गरे ।
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने ।
  • (१७-०२) दाऊद विनम्र र धर्मी मानिस थिए, जसले परमेश्‍वरमाथि भरोसा गर्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
  • (३४-०६) त्यसपछि येशूले आफ्नै असल कामहरूमा भरोसा गर्ने र अरू अरूहरूलाई तिरस्कार गर्ने मानिसहरूको कथा भन्‍नुभयो ।