ne_tw/bible/kt/true.md

5.1 KiB

सत्य, सत्यता

परिभाषा:

शब्दहरू “सत्य” र “सत्यता” ले साँचो अवधारणा, वास्तवमै घटेका घटनाहरू र वास्तवमै भनिएका भनाइहरूलाई जनाउँछन् ।

  • सत्य कुराहरू वास्तविक, विशुद्ध, साँचा, ठिक, वैधानिक र यथार्थ हुन्छन् ।
  • सत्यता बुझाइ, विश्‍वास, यथार्थता वा साँचो भनाइ हो ।
  • सत्यतामा जे भरोसायोग्य र विश्‍वसनीय छ, त्यहीअनुसार काम गर्ने अवधारणा पर्छ ।
  • येशूले आफूले बोल्नुभएका वचनहरूमा परमेश्‍वरको सत्यतालाई प्रकट गराउनुभयो ।
  • परमेश्‍वरको वचन सत्य छ । यसले वास्तवमै भएका घटनाहरूबारे बताउँछ अनि परमेश्‍वरसाथै उहाँले बनाउनुभएको हरेक कुरोबारे जे साँचो छ, त्यसको विषयमा सिकाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भ र बयान गरिएको कुरामा आधारित रहेर शब्द “सत्य” लाई “वास्तविक” वा “यथार्थ” वा “सही” वा “ठिक” वा “पक्‍का” वा “विशुद्ध” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सत्यता” लाई “जे सत्य छ” वा “यथार्थता” वा “निश्‍चय” वा “सिद्धान्त” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “सत्यता बताउनुहोस्” वा “साँचो कुरो बोल्नुहोस्” लाई “जे सत्य छ त्यही भन्‍नुहोस्” वा “वास्तवमै घटेको कुरो भन्‍नुहोस्” वा “विश्‍वसनीय कुराहरू बताउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सत्यतालाई स्वीकार गर्नु” लाई “परमेश्‍वरको बारेमा भएको सत्य कुरालाई स्वीकार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “आत्मा र सत्यतामा परमेश्‍वरको आराधना गर्नुहोस्” जस्ता अभिव्यक्‍तिमा शब्द “सत्यतामा” लाई “परमेश्‍वरले हामीलाई सिकाउनुभएका कुरालाई विश्‍वसनियतासाथ पालन गरेर” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०२-०४) सर्पले स्‍त्रीलाई प्रतिक्रिया दियो, “त्यो सत्य छैन । तिमी मर्नेछैनौ ।”
  • (१४-०६) तुरुन्तै अरू दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो सत्य हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
  • (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर यहोवेको आराधना गर्नुको साटो तिनीहरूले कनानी देवहरूको पूजा गर्न थाले ।
  • (३१-०८) तिनीहरूले येशूलाई यसो भन्दै उहाँको आराधना गरे, “साँच्‍चै, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • (३९-१०) “म परमेश्‍वरको बारेमा भएको सत्यता बताउन संसारमा आएको हुँ । सत्यतालाई प्रेम गर्ने हरेकले मेरा कुरा सुन्छ ।” पिलातसले भने, “सत्य के हो ?”