ne_tw/bible/kt/thetwelve.md

2.9 KiB

बार्‍ह (प्रेरित), एघार (प्रेरित)

परिभाषा:

शब्द “बार्‍ह” ले आफ्नो सबैभन्दा घनिष्‍ठ चेलाहरू वा प्रेरितहरू बन्‍न येशूले छान्‍नुभएका बार्‍ह जना मानिसलाई जनाउँछ । यहूदाले आत्महत्या गरेपछि तिनीहरूलाई “एघार” भनियो ।

  • येशूका अन्य धेरै चेलाहरू थिए, तर उहाँको तिन-वर्षे सेवा-कार्यमा उहाँलाई पछ्याउने अन्य चेलाहरूभन्दा ती “बार्‍ह” फरक थिए ।
  • मत्ती १०, मर्कूस ३ र लूका ६ अध्यायहरूमा यी बार्‍ह जना मानिसका नाउँहरू सूचीकृत छन् ।
  • येशू स्वर्ग फर्कनुभएको केही समयपश्‍चात् “एघार” जनाले यहूदाको ठाउँमा मतियास नाउँ गरेका चेलालाई छाने । त्यसपछि तिनीहरूलाई फेरि “बार्‍ह” भनियो ।

अनुवादका लागि सुझावहरूः

  • धेरै भाषाहरूमा “बार्‍ह” मात्र लेख्‍नुको साटो यसमा नामलाई थपी “बार्‍ह प्रेरित” वा “येशूका सबैभन्दा नजिकका बार्‍ह चेला” भन्‍नु बढी प्रस्ट र स्वाभाविक देखिन्छ ।
  • “एघार” लाई पनि “येशूका बाँकी एघार चेला” भनेर अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा यसलाई पदको रूपमा प्रयोग गरिएको छ भनी देखाउन सुरुको अक्षरलाई ठुलो अक्षरमा लेखिन्छ । (नोटः नेपालीमा भने यसो गर्न सम्भव छैन)

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, चेला)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १५:५-७
  • प्रेरित ०६:२-४
  • लूका ०९:१-२
  • लूका १८:३१-३३
  • मत्ती १०:५-७
  • मर्कूस १०:३२-३४