ne_tw/bible/kt/testimony.md

4.3 KiB

गवाही, गवाही दिनु

परिभाषा:

शब्दहरू “गवाही” र “गवाही दिनु” ले कुनै कुरो साँचो हो भन्‍ने कथनलाई जनाउँछ ।

  • अक्सर कुनै कुरोबारे “गवाही” दिने व्यक्‍तिले प्रत्यक्ष रूपमा आफैले त्यसको अनुभव गरेको हुन्छ ।
  • “झुटो गवाही” दिने साक्षीले भएको घटनाबारे साँचो कुरो बताउँदैन ।
  • कहिले काहीँ “गवाही” शब्दले अगमवक्‍ताले व्यक्‍त गरेको भविष्यवाणीलाई जनाउँछ ।
  • कसरी येशूका अनुयायीहरूले येशूको जीवनी, मृत्यु र पुनरुत्थानका घटनाहरूबारे गवाही दिए भनी उल्लेख गर्न यस शब्दलाई नयाँ करारमा अक्सर प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • क्रियापद “गवाही दिनु” लाई “सत्यताहरू बताउनु” वा “देखिएको वा सुनिएको कुरो बताउनु” वा “व्यक्‍तिगत अनुभवबाट बताउनु” वा “साक्षी दिनु” वा “भएको कुरो बताउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “गवाही” शब्दलाई “भएको कुरोबारे प्रतिवेदन” वा “जे साँचो छ त्यसबारे भएको कथन” वा “साक्षी” वा “जे भनिएको छ” वा “भविष्यवाणी” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “तिनीहरूका निम्ति गवाहीस्वरूप” लाई “साँचो कुरो तिनीहरूलाई देखाउन” वा “साँचो कुरो तिनीहरूलाई प्रमाणित गर्न” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “तिनीहरूका विरुद्धमा गवाहीस्वरूप” लाई “जसले तिनीहरूलाई तिनीहरूको पाप देखाइदिन्छ” वा “तिनीहरूको पाखण्डको पर्दाफास गर्ने काम” वा “जसले तिनीहरू गलत छन् भनी तिनीहरूलाई प्रमाणित गरिदिन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “झुटो गवाही दिनु” लाई “को बारेमा झुटा कुराहरू भन्‍नु” वा “साँचो नभएका कुराहरू भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः करारको सन्दुक, करारका सन्दुकका आदेशहरू, गवाहीको सन्दुक, यहोवेको सन्दुक, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, साक्षी, प्रत्यक्षदर्शी)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०१:८-११
  • ३ यूहन्‍ना ०१:११-१२
  • प्रेरित ०४:३२-३३
  • प्रेरित ०७:४४-४६
  • प्रस्थान ३१:६-९
  • यूहन्‍ना ०३:३१-३३
  • मत्ती २६:५९-६१
  • मीका ०६:३-५
  • मर्कूस ०१:४३-४४
  • प्रकाश १२:११-१२