ne_tw/bible/kt/test.md

4.5 KiB

जाँच

परिभाषा:

शब्द “जाँच” ले कठिन वा दर्दनाक अनुभवलाई जनाउँछ, जसले व्यक्‍तिको ताकत र कमजोरीलाई प्रकट गर्छ ।

  • मानिसहरूको पापलाई पर्दाफास गर्न कहिले काहीँ परमेश्‍वरले जाँचको प्रयोग गर्नुहुन्छ । पापबाट फर्की परमेश्‍वरको नजिक जान जाँचले व्यक्‍तिलाई मदत गर्छ ।
  • सुन र अन्य धातुहरू कत्तिका शुद्ध र बलिया छन् भनी पत्ता लगाउन तिनलाई आगोले जाँचिन्छ । यो आफ्ना मानिसहरूलाई जाँच्‍न कसरी परमेश्‍वरले दर्दनाक परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ भन्‍ने तस्बिर हो ।
  • परमेश्‍वरले मानिसहरूको जाँच गर्नुहुन्छ, तर उहाँले तिनीहरूलाई परीक्षामा पार्नुहुन्‍न । तर मानिसहरूलाई पाप गर्न लगाउन शैतानले परीक्षा गर्छ ।
  • “जाँचमा राख्‍नु” को अर्थ हुन सक्छः “कुनै व्यक्‍ति वा वस्तुको मूल्य जाँच गर्न चुनौती दिनु ।”
  • परमेश्‍वरलाई जाँच गर्ने सन्दर्भमा यसको अर्थ हुन्छः उहाँको कृपाको फाइदा उठाई उहाँप्रति अनाज्ञाकारी भइरहनु ।
  • परमेश्‍वरको जाँच गर्नु गलत हो भनी येशूले शैतानलाई बताउनुभयो । उहाँ सर्वशक्‍तिमान्, पवित्र परमेश्‍वर हुनुहुन्छ जो हरेक व्यक्‍ति र वस्तुभन्दा माथि हुनुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “जाँच गर्नु” लाई “चुनौती दिनु” वा “कठिन अनुभवहरू गर्न लगाउनु” वा “प्रमाणित गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “जाँच” लाई “चुनौती” वा “कठिन अनुभव” भनी अनुवाद गर्न सकिन्छ ।
  • “जाँचमा राख्‍नु” लाई “जाँच गर्नु” वा “चुनौती खडा गर्नु” वा “कसैलाई आफैलाई प्रमाणित गर्न जबरजस्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरलाई जाँच गर्ने सन्दर्भमा यसलाई “आफ्नो प्रेमलाई प्रमाणित गर्न परमेश्‍वरलाई जबरजस्ती गर्ने कोसिस गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्दहरू “जाँच्‍नु” र “परीक्षा गर्नु” लाई फरक किसिमले अनुवाद गरिनुपर्छ ।

(हेर्नुहोस्ः परीक्षा गर्नु, परीक्षा)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०४:१-३
  • १ थेसलोनिकी ०५:१९-२२
  • प्रेरित १५:१०-११
  • उत्पत्ति २२:१-३
  • यशैया ०७:१३-१५
  • याकूब ०१:१२-१३
  • विलाप ०३:४०-४३
  • मलाकी ०३:१०-१२
  • फिलिप्पी ०१:९-११
  • भजनसंग्रह २६:१-३