3.8 KiB
3.8 KiB
पवित्र वासस्थान
परिभाषा:
पवित्र वासस्थान एउटा विशेष पालजस्तो संरचना थियो जहाँ इस्राएलीहरू ४० वर्षसम्म मरुभूमिमा यात्रा गर्दा तिनीहरूले परमेश्वरको आराधना गर्थे ।
- यो ठुलो पाल निर्माणको लागि परमेश्वरले इस्राएलीहरूलाई सबिस्तार निर्देशनहरू दिनुभएको थियो । यसका दुईवटा कोठा हुन्थे र यसको वरिपरि बन्द गरिएको चोक हुन्थ्यो ।
- हरेक पटक इस्राएलीहरू मरुभूमिको अर्को ठाउँमा बस्नलाई जाँदा पूजाहारीहरूले पवित्र वासस्थानलाई भताभुङ्ग पारी त्यसलाई अर्को शिविर स्थलमा ओसारेर लैजान्थे । त्यसपछि तिनीहरूले आफ्ना नयाँ शिविरको बिचमा त्यसलाई पुनः खडा गर्थे ।
- पवित्र वासस्थान काठका संरचनाहरूबाट बनाइएको थियो जसमा कपडा, बाख्राको भुत्ला र जनावरका छालाहरूबाट बनेका पर्दाहरू झुण्ड्याइन्थे । यसलाई घेर्ने चोकलाई थप पर्दाहरूबाट घेरिन्थ्यो ।
- पवित्र वासस्थानका दुईवटा कोठा पवित्र स्थान (जहाँ धूप बाल्ने वेदी राखिन्थ्यो) र महा-पवित्रस्थान (जहाँ करारको सन्दुक राखिन्थ्यो) थिए ।
- पवित्र वासस्थानको चोकमा जनावरहरूको बलिदानको लागि एउटा वेदी र धार्मिक शुद्देइँको लागि धुने बाटा राखिन्थे ।
- यरूशलेममा सोलोमनको मन्दिर बनेपछि इस्राएलीहरूले पवित्र वासस्थानलाई प्रयोग गर्न छाडे ।
अनुवादका लागि सुझावहरूः
- पदावली “पवित्र वासस्थान” को अर्थ हुन्छः “बास गर्ने स्थान ।” यसलाई “भेट हुने पाल” वा “पवित्र पाल” वा “परमेश्वर हुनुहुने ठाउँ” वा “परमेश्वरको पाल” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः वेदी, धूपको वेदी, करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, मन्दिर)
बाइबलका सन्दर्भहरूः
- १ इतिहास २१:२८-३०
- २ इतिहास ०१:२-५
- प्रेरित ०७:४३
- प्रेरित ०७:४४-४६
- प्रस्थान ३८:२१-२३
- यहोशू २२:१९-२०
- लेवी १०:१६-१८