ne_tw/bible/kt/sonofman.md

4.1 KiB

मानिसको पुत्र, मानिसको पुत्र

परिभाषा:

“मानिसको पुत्र” भन्‍ने उपमा येशूले आफैँलाई जनाउनलाई प्रयोग गर्नुभएको चिरपरिचित उपमा हो । पुरानो करारमा “मानिसको पुत्र” एउटा मानिसलाई सम्बोधन गर्ने तरिका पनि थियो ।

  • पुरानि करारमा “मानिसको पुत्र” ले प्रायः “मानिस” वा “मानवजाति” जनाउन प्रायः प्रयोग गरिन्थ्यो ।
  • इजकिएलको पुस्तकभरि नै परमेश्‍वरले उनलाई “मानिसको छोरो” भनी सम्बोधन गर्नुहुन्छ । उदहरणको लागि, “तिमीले, मानिसको छोरो अगमवाणी गर्नुपर्छ ।”
  • येशूले यसलाई “म” वा “मलाई” भन्‍नुको सट्टा आफैँलाई जनाउन प्रायः प्रयोग गर्नुभयो ।
  • दानिएल अगमवक्‍ताले “मानिसको पुत्र” बादलमा आइरहेका एउटा दर्शन देखे, जसले मसीअको आगमनलाई जनाउँछ ।
  • येशू आफैँले उहाँ कुनै दिन बादलमा फर्केर आउनुहुनेछ भनी आफैँलाई जनाउनलाई भन्‍नुभयो ।
  • मानिसको पुत्र बदलमा आइरहेको यी सन्दर्भहरूले येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रकट गर्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • येशूले “मानिसको पुत्र” भनी प्रयोग गर्दा यसलाई “मानव जाति भएका एक जना” वा “स्वर्गबाट आएका मानिस” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही अनुवादकहरूले येशूले आफ्नै बारे भनिरहनुभएको छ भन्‍ने देखाउनलाई यसमा “म” वा “मलाई” पनि समावेश गर्छन् (जस्तै, “म, मानिसको पुत्र) ।
  • यसको अनुवादले (अवैध छोरा वा येशू केवल मानव मात्र हुनुहुन्थ्यो भन्‍ने गलत प्रभाव दिने जस्ता) एउटा गलत अर्थ नदिओस् भनी ख्याल गर्नुहोस् ।
  • “मानिसको पुत्र” ले एउटा व्यक्‍तिलाई जनाउँदा “तिमी, एक मानव” वा “तिमी, मानिस” वा “मानव जाति” वा “मानिस” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पुत्र, को पुत्र, परमेश्‍वरका पुत्र, छोरा, याह्वे) बाइबल खण्डहरूः

  • प्रेरित ०७:५४-५६
  • दानिएल ०७:१३-१४
  • इजकिएल ४३:६-८
  • यूहन्‍ना ०३:१२-१३
  • लूका ०६:३-५
  • मत्ती १३:३६-३९
  • मर्कूस ०२:१०-१२
  • भजनसंग्रह ०८०:१७-१८
  • प्रकाश १४:१४-१६