ne_tw/bible/kt/son.md

7.8 KiB

छोरा, का छोरा

परिभाषा:

“छोरा” शब्दले उनको आमाबुबाको सम्बन्धमा एउटा केटा वा पुरुषलाई जनाउँछ । यसले कसैको पुरुष सन्तान वा धर्मपुत्र ग्रहण गरेको छोरालाई जनाउँछ ।

  • “छोरा” लाई बाइबलमा प्रायः आलङकारिकरूपमा कुनै पनि पुरुष सन्तानलाई जनाउन प्रयोग गरिएको छ, जस्तै नाति, पनाति ।
  • “छोरा” शब्दलाई एउटा केटा वा आफूभन्दा सानो पुरुषलाई नम्र तवरले सम्बोधन गर्नलाई पनि प्रयोग गरिन्छ ।
  • कहिले काहीँ नयाँ करारमा “परमेश्‍वरका छोराहरू” लाई ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई आलङकारिक रूपमा जनाउनलाई प्रयोग गरिएको छ ।
  • “का छोराहरू” को “को स्वभाव भएको” भन्‍ने आलङकारिक अर्थहरू पनि हुन्छ । उदहरणको लागि, “ज्तोतिका छोराहरू\सन्तान”, “अनाज्ञाकारिताका छोराहरू\सन्तान”, “शन्तिका छोरा\सन्तान” र “गर्जनका छोरा” ।
  • “का छोरा” लाई त्यो व्यक्‍तिका बुबा को हुन् भनी बताउनलाई पनि बरम्बार प्रयोग गरिएको छ । यसलाई वंशावली र अरू धेरै ठाउँहरूमा प्रेयोग गरिएको छ ।
  • बुबाको नाउँ बताउन “का छोरा” प्रयोग गर्नाले उस्तै नाउँ भएका मानिसहरूलाई छुट्याउन सहायता गर्छ । उदहरणको लागि, १ राजा ४ मा “सादोकका छोरा अजर्याह” र “नातानका छोरा अजर्याह” र २ राजा १५ का “अमस्याहका छोरा अजर्याह” तिन जना फरक-फरक मानिसहरू हुन् ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्द आएका धेरैजसो ठाउँहरूमा, यसलाई छोरालाई जनाउँन प्रयोग गरिने शब्दिक शब्द “छोरा” नै प्रयोग गर्नु उत्तम हुन्छ ।
  • “परमेश्‍वरका छोरा” लाई अनुवाद गर्दा “छोरा” को निम्ति प्रयोग गरिने सामान्य शब्द नै पर्योग गर्नुपर्छ ।
  • प्रत्यक्ष रूपमा छोरालाई भन्दा सन्तानलाई जनाउन प्रयोग गर्दा येशूलाई “दाऊदका सन्तान” का रूपमा जनाउँदा वा वंशावलीहरूमा पुरुष सन्तानलाई जनाउने “छोरा” लाई “सन्तान” भनी अनुवाद गर्न सकिन्छ ।
  • महिला र पुरुष दुवैलाई जनाउँदा “छोराहरू’लाई “सन्तान” को रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरका छोराछोरीहरू” लाई “परमेश्‍वरका सन्तानहरू” भनी अनुवाद गर्न सकिन्छ, किनभने यसमा केटीहरू र महिलाहरू दुवै पर्छन् ।
  • “का छोरा” को आलङकारिक अभिव्यक्‍तिलाई “को स्वभाव भएका” वा “जस्तो कोही” वा “भएका कोही” वा “त्यस्तै गर्ने कोही” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सन्तान, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वरका पुत्र, पुत्र, छोरा, परमेश्‍वरका छोराछोरीहरू) बाइबल खण्डहरूः

  • १ इतिहास १८:१४-१७
  • १ राजा १३:१-३
  • १ थेसलोनिकी ०५:४-७
  • गलाती ०४:६-७
  • होशे ११:१-२
  • यशैया ०९:६-७
  • मत्ती ०३:१६-१७
  • मत्ती ०५:९-१०
  • मत्ती ०८:११-१३
  • नहेम्याह १०:२८-२९

बाइबलका कथाहरूबाट उदाहरणः

  • (०४-०८) परमेश्‍वर अब्रामसँग बोल्नुभयो र उनका एउटा छोरा हुनेथियो र आकाशका ताराहरू जति नै सन्तानहरू हुनेथिए भनी फेरि प्रतिज्ञा गर्नुभयो ।
  • (०४-०९) परमेश्‍वरले भन्‍नुभयो, “म तँलाई तेरो आफ्नै शरीरबाट एउटा छोरो दिन्छु ।”
  • (०५-०५) झण्डै एक वर्षपछि, अब्राहम १०० वर्षका र सारा ९० वर्षका हुँदा, साराले अब्राहमका निम्ति छोरो जन्माईन् ।
  • (०५-०८) उनीहरू बलिदान गर्ने ठाउँमा पुगेपछि, अब्राहमले उनका छोरोलाई बाँधे र उनलाई बेदीमाथि राखे । परमेश्‍वरले यसो भन्‍नुहुँदा उनले उनका छोरालाई मार्न लागेका थिए, “रोक, बालकलाई चोट नपुर्‍याऊ । अब तैँले मेरो डर मान्छस् भन्‍ने म जान्दछु, किनभने तैँले तेरो एक मात्र छोरालाई पनि मबाट जोगाइनस् ।”
  • (०९-०७) जब तिनले बलकलाई देखिन्, तिनले उनलाई आफ्नै छोराको रूपमा लिइन् ।
  • (११-०६) परमेश्‍वरले मिश्रीहरूका सबै पहिलो सन्तानहरूलाई मार्नुभयो ।
  • (१८-०१) धेरै वर्षपछि, दाऊद मरे, र उनका छोरो सोलोमनले शासन गर्न थाले ।
  • (२६-०४) तिनीहरूले भने, “के यिनी योसेफका छोरा हुन् ?”