ne_tw/bible/kt/satan.md

7.4 KiB

शैतान, दियाबलस, दुष्‍ट

परिभाषा:

दियाबलस पइरमेश्‍वरले सृष्‍टि गर्नुभएको आत्मिक प्राणी हो, तर त्यसले परमेश्‍वरको विरुद्ध विद्रोह गरेर उहाँको शत्रु बन्यो । दियाबलसलाई “शैतान” र दुष्‍ट” भनिन्छ ।

  • दियाबलसले परमेश्‍वर र उहाँले सृष्‍टि गर्नुभएका सबै कुराहरूलाई घृणा गर्छ, किनभने त्यसले परमेश्‍वरको स्थान लिन र त्यसैलाई परमेश्‍वरको रूपमा पूजेको चाहन्छ ।
  • शैतानले मानिसहरूलाई परमेश्‍वरको विरुद्ध विद्रोह गर्न परिक्षा गर्छ ।
  • परमेश्‍वरले मानिसहरूलाई शैतानको नियन्‍त्रणबाट छुटकारा दिनलाई आफ्नो पुत्र येशूलाई पठाउनुभयो ।
  • शैतानको अर्थ “दुश्मन” वा “शत्रु” हो ।
  • दियाबलसको शब्दको अर्थ “दोष लगाउने” हो ।

अनुवादका निम्ति सुझावहरूः

  • “दियाबलस” शब्दलाई “दोष लगाउने” वा “दुष्‍ट” वा “दुष्‍ट आत्माहरूका राजा” वा “दुष्‍ट आत्माहरूका प्रमुख” भनेर अनुबाद गर्न सकिन्छ ।
  • “शैतान” लाई “विरोधी” वा “दुश्मन” वा त्यो दियाबलस हो भन्‍ने देखाउने अरु कुनै पनि शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरूलाई भूत र दुष्‍ट आत्माभन्दा भिन्‍नतवरले अनुवाद गर्नुपर्छ ।

(हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः भूत, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, दुष्‍ट(संज्ञा), दुष्‍ट(विशेषण), दुष्‍टपन, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, परिक्षा गर्नु, परिक्षा) बाइबल खण्डहरूः

  • १ यूहन्‍ना ०३:७-८
  • १ थेसलोनिकी ०२:१७-२०
  • १ तिमोथी ०५:१४-१६
  • २ थेसलोनिकी ०३:१-३
  • प्रेरित १३:९-१०
  • अय्यूब ०१:६-८
  • मर्कूस ०८:३३-३४
  • जकरिया ०३:१-३

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२१:०१) हव्वालाई छल्ने सर्प नै शैतान थियो । प्रतिज्ञाको तात्पर्य आउनुहुने मसीहले शैतानलाई पूर्णरूपमा हराउनुहुन्छ भन्‍ने हो ।
  • (२५-०६) शैतानले येशूलाई संसारको सबै राज्यहरू र तिनीहरूका सबै गौरवहरू देखाए र भन्यो, “तपाईंले मलाई घोप्‍टो परेर मलाई पूज्‍नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु ।”
  • (२५-०८) येशूले शैतानको परिक्षामा समर्पण गर्नुभएन, त्यसैले शेतानले उहाँलाई छोड्यो ।
  • (३३-०६) त्यसैले यैशूले बताउनुभयो, “बीउ परमेश्‍वरको वचन हो । बाटो परमेश्‍वरको वचन सुन्‍ने तर नबुझ्‍ने व्यक्‍ति हो, र दियाबलसले वचन उसबाट लान्छ ।”
  • (३८-०७) यहूदाले रोटी खाएपछि, त्यसभित्र शैतान पस्यो ।
  • (४८-०४) परमेश्‍वरले हव्वाकी सन्ताहरूमध्ये एउटाले शैतानको शिर कुच्याउनेछ, र शैतानले उनको कुर्कुच्‍चो डस्‍नेछ भनी प्रतिज्ञा गर्नुभयो । यसको तात्पर्य, शैतानले मसीहलाई मार्नेछ, परमेश्‍वरले उहाँलाई पुनः जीवित तुल्याउनुहुनेछ, र मसीहले शैतानको शक्‍तिलाई सदाको निम्ति कुल्चनुहुनेछ ।
  • (४९-१५) परमेश्‍वरले तपाईंलाई शैतानको राज्यको अन्धाकारबाट बाहिर निकालेर परमेश्‍वरको राज्यको ज्योतिमा राख्‍नुभएको छ ।
  • (५०-०९) “सामाले दुष्‍टको अधिनमा रहेका मानिसहरूलाई जनाउँछ । सामा रोप्‍ने शत्रुले दियाबलासलाई जानउँछ ।”
  • (५०-१०) “संसारको अन्त्यमा, स्वर्गदूतहरूले दियाबलसको अधिनमा रहेका सबै मानिसहरूलाई जम्मा पार्नेछ, र तिनीहरूलाई दन्किरहेको आगोमा फाल्नेछ, जहाँ तिनीहरू डरलाग्दो कष्‍टमा चिच्‍याउनेछन् र दाह्रा किट्नेछन् ।”
  • (५०-१५) येशू फर्केर आउनुहुँदा, उहाँले शैतानलाई र त्यसको राज्यलाई पूर्णरूपमा नष्‍ट पार्नुहुनेछ । उहाँले त्यसलाई र परमेश्‍वरको आज्ञा पालन गर्नुभन्दा त्यसलाई पछ्याउने हरेकसँगै सदाको निम्ति जल्नेछ ।