ne_tw/bible/kt/sabbath.md

4.1 KiB

शबाथ

परिभाषा:

“शबाथ” शब्दले हप्‍ताको सातौं दिनलाई जनाउँछ, जसलाई परमेश्‍वरले आराम वा काम नगर्ने दिनको रूपमा छुट्ट्याउन इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।

  • परमेश्‍वरले छ दिन संसारलाई सृष्‍टि गर्न सिद्धयाउनुभयो र सातौं दिनमा आराम गर्नुभयो । त्यसैगरी परमेश्‍वरले सातौं दिनलाई उहाँको आराधना गर्न र आराम गर्नलाई एउटा विशेष दिनको रूपमा छुट्टयाउन इस्राएलीहरूलाई आज्ञा गर्नुभयो ।
  • “शबाथ दिनलाई पवित्र मान्‍नू” भन्‍ने आज्ञा परमेश्‍वरले इस्रायलीहरूलाई दिनुभएको ढुङ्गाको पाटीमा परमेश्‍वरले लेख्‍नुभएको दश आज्ञाहरू मध्ये एउटा हो ।
  • यहूदीहरूको दिन गन्‍ने पद्धतिलाई पछ्याउने हो भने, शबाथ शुक्रबारको सुर्यास्तबाट सुरु हुन्छ र शनिबारको सुर्यास्तसम्म रहन्छ ।

अनुवादका निति सुझावहरूः

  • यसलाई “आरामको दिन” वा “आराम गर्ने दिन” वा “काम नगर्ने दिन” वा “परमेश्‍वरको आरामको दिन” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही अनुवादहरूले यसलाई विशेष दिनको रूपमा देखाउनलाई “शबाथ दिन” वा “आराम गर्ने दिन” मा जस्तै क्यापिटल अक्षरा लेख्‍छन् ।
  • तपाईंको स्थानीय वा राष्‍ट्रिय भाषामा कसरी अनुवाद गर्न सकिन्छ विचार गर्नुहोस् ।

(हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः आराम) बाइबलका खण्डहरूः

  • २ इतिहास ३१:२-३
  • प्रेरित १३:२६-२७
  • प्रस्थान ३१:१२-१५
  • यशैया ५६:६-७
  • विलाप ०२:५-६
  • लेवी १९:१-४
  • लूका १३:१२-१४
  • मत्ती १२:१-२
  • नहेम्याह १०:३२-३३

बाइबलका कथाहरूबाट उदाहरणहरू

  • (१३-०५) “शबाथ दिनलाई सदैव पवित्र राख्‍नू । अर्थात, तिमीहरूका सबै कामहरू छ दिनसम्म गर्नू, किनभने सातौं दिन तिमीहरूले आराम गर्ने र मलाई आदर गर्ने दिन हो ।”
  • (२६-०२) येशू उहाँको बाल्यकाल बिताउनुभएको नासरतको नगरतिर जानुभयो । शबाथ दिनमा, उहाँ आराधना गर्ने ठाउँमा जानुभयो ।
  • (४१-०३) येशू गाडिइएको भोलिपल्ट शबाथ दिन थियो, त्यसैले यहूदीहरूलाई त्यस दिन चिहानमा जान दिइएन ।