ne_tw/bible/kt/righteous.md

5.9 KiB

धर्मी, धार्मिकता

परिभाषा:

“धर्मी” र “धार्मिकता” ले परमेश्‍वरको पूर्ण भलाइ, न्याय, विश्‍वासयोग्यता र प्रेमलाई जनाउछ । परमेश्‍वर धर्मी हुनुभएको हुनाले, उहाँले पापको निन्दा गर्नुपर्छ ।

  • प्रायः यो शब्द परमेश्‍वरको आज्ञा पालन गर्ने र नैतिक रूपमा असल व्‍यक्‍तिलाई दर्शाउन प्रयोग गरिन्छ । तैपनि सबै मानिसहरूले पाप गरेका छन्, र परमेश्‍वर बाहेक कोही पनि पूर्ण रुपमा धर्मी छैनन् ।
  • बाइबलले “धर्मी” भनेको व्यक्‍तिहरूका उदाहरणहरूमा, नोआ, अय्यूब, अब्राहाम, जकरिया, र एलीशिबा हुन् ।
  • जब मानिसहरूले तिनीहरूलाई बचाउनलाई येशूमा भरोसा गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई पापहरूबाट शुद्ध पार्नुहुन्छ, र येशूको धार्मिकताको आधारमा तिनीहरू धर्मी भएको घोषणा गर्नुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “धर्मी” शब्दले परमेश्‍वरलाई जनाउन प्रयोग गर्दा यसलाई “पूर्ण रुपमा असल र न्यायी” वा “सदैव सही ढङ्गले कार्य गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको धार्मिकता” लाई “पूर्ण विश्‍वासयोग्य र भलो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “धर्मी” शब्द परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरूलाई जनाउन प्रयोग गर्दा यसलाई “नैतिक रुपमा असल” वा “” न्यायी” वा “परमेश्‍वरलाई प्रशन्‍न तुल्याउने जीवन जिउने” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “धर्मी” लाई “धर्मी मानिस” वा “परमेश्‍वरको भय मान्‍ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “धार्मिकता” लाई “भलाइ” वा “परमेश्‍वरको सामु सिद्ध भएको” वा “परमेश्‍वरको आज्ञापालनद्वारा सही ढङ्गले काम गर्ने” वा “सिद्ध रूपमा असल गर्ने” अर्थ लाग्‍ने कुनै पनि शब्दहरूमा अनुवाद गर्न सकिन्छ ।
  • कहिले कहीँ “धर्मी” शब्दले “आफूलाई धर्मी ठान्‍ने मानिसहरू” वा “धर्मी जस्तो देखिने मानिसहरू” लाई जनाउनलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।

(हेर्नुहोस्ः असल, भलाइ, पवित्र, पवित्रता, खराब, दुष्‍ट, दुष्‍टता, न्यायी, न्याय, न्यायपूर्वक, विश्‍वासयोग्‍य, विश्‍वासयोग्‍यता) बाइबलका खण्डहरूः

  • १ यूहन्‍ना ०१:८-१०
  • २ तिमोथी ०३:१६-१७
  • प्रेरित ०३:१३-१४
  • इजकिएल ३३:१२-१३
  • गलाती ०३:६-९
  • उत्पत्ति ०४:६-७
  • यशैया ४८:१-२
  • मत्ती ०६:१-२
  • भजनसंग्रह ०३७:२८-३०

बइबलका कथाहरूबाट उदहरणहरूः

  • (०३-०२) तर नोआले परमेश्‍वरको कृपा पाए । ऊ दुष्‍ट मानिसहरूका बिच बसोवास गरिरहेका एक धर्मी मानिस थिए ।
  • (०४-०८) परमेश्‍वरले अब्राहामलाई धर्मी घोषणा गर्नुभयो, किनभने उनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे ।
  • (१७-०२) दाऊद परमेश्‍वरमा भरोसा गर्ने र उहाँको आज्ञा पालन गर्ने एक नम्र र धर्मी मानिस थिए ।
  • (२३-०१) मरियमको मगनी भएका मानिस योसेफ एक धर्मी मानिस थिए ।
  • (५०-१०) तब धर्मीजन तिनीहरूका पिताको राज्यमा सुर्यझैँ चम्कने छन् ।