ne_tw/bible/kt/restore.md

3.1 KiB

पुनर्स्थाना गर्नु, पुनर्स्थापना

परिभाषा:

“पुनर्स्थापना गर्नु” र “पुनर्स्थापना” ले कुनै थोक यसको मौलिक र अझ राम्रो अवस्थातिर फर्कन लगाउनुलाई जनाउछ ।

  • जब रोग लागेको शरीरको अङ्ग पुनर्स्थापित हुन्छ, यसको अर्थ त्यो “निको भएको” छ ।
  • पुनर्स्थापित तोडिएको सम्बन्ध “मिलाप गरिएको” हो । परमेश्‍वरले पापी मानिसहरूलाई पुनर्स्थापना गर्नुहुन्छ, र तिनीहरूलाई फेरि उहाँकहाँ फर्काएर ल्याउनु हुन्छ ।
  • यदि मानिसहरूलाई तिनीहरूको आफ्नै स्वदेशमा पुनर्स्थापना गरिएका छन् भने यसको अर्थ तिनीहरूलाई त्यही देशमा “फर्केर ल्याइएको” वा “फर्काइएको” छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “पुनर्स्थापना गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “नविकरण गर्नु” वा “वापस तिर्नु” वा “फर्कनु” वा “निको पार्नु” वा “फर्काएर ल्याउनु” पर्छन् ।
  • यो वाक्य-पद्धतिको निम्ति “नयाँ बनाउनु” वा “फेरि नयाँ जस्तो बनाउनु” हुनसक्छ ।
  • जब सम्पत्ति “पुनर्स्थापना गरिन्छ” यसको अर्थ “मरम्मत गरेको” वा “प्रतिस्थापन गरेको” वा यसको मालिकलाई नै “फिर्ता दिएको” हुन्छ ।
  • सन्दर्भअनुसार “पुनर्स्थापना” लाई “नविकरण” वा “चङ्गाइ” वा “मिलाप” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • २ राजा ०५:८-१०
  • प्रेरित ०३:२१-२३
  • प्रेरित १५:१५-१८
  • यशैया ४९:५-६
  • यर्मिया १५:१९-२१
  • विलाप ०५:१९-२२
  • लेवी ०६:५-७
  • लूका १९:८-१०
  • मत्ती १२:१३-१४
  • भजनसंग्रह ०८०:१-३