ne_tw/bible/kt/remnant.md

2.6 KiB

बाँकी रहेका

परिभाषा:

“बाँकी रहेका” ले शाब्दिक रुपमा ठूलो परिमाण वा समूहबाट “रहेका” वा “उब्रेका” मानिसहरू वा कुनै थोकलाई जनाउछ ।

  • प्रायः “बाँकी रहेका” ले जीवन नै जोखिममा परेर पनि बाँचेका मानिसहरू वा सतावटको सामना गरिरहँदा पनि परमेश्‍वरप्रति इमानदार रहने मानिसहरूलाई जनाउछ ।
  • यशैयाले बाहिरकाहरूका आक्रमणबाट बाँकी रहेका रूपमा बचेका र कनानको प्रतिज्ञाको मुलुकमा फर्कनलाई बाँचेका यहूदीको समूहलाई जनाए ।
  • पावलले परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नलाई उहाँले चुन्‍नुभएका “बाँकी रहेका” मानिसहरू बारे बताउँछन् ।
  • “बाँकी रहेका” ले त्यहाँ इमानदार नभएका वा नबाँचेका वा नचुनिएका मानिसहरू पनि थिए भन्‍ने देखाउँछ ।

अनुवादका निम्ति सुझावहरूः

  • “यो मानिसको बाँकी रहेको” लाई “यी मानिसहरूका बाँकी रहेका” वा “इमानदार रहेका मानिसहरू” वा “बाँकी रहेका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सम्पुर्ण बाँकी रहेका मानिसहरू” लाई “सबै बाँकी रहेका मानिसहरू” वा “बाँकी रहेका मानिसहरू” भनी पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • प्रेरित १५:१५-१८
  • आमोस ०९:११-१२
  • इजकिएल ०६:८-१०
  • उत्पत्ति ४५:७-८
  • यशैया ११:१०-११
  • मलाकी ०४:६-८