ne_tw/bible/kt/redeem.md

4.3 KiB

उद्धार गर्नु, उद्धार, उद्धारकर्ता

परिभाषा:

“उद्धार गर्नु” र “उद्धार” शब्दहरूले पहिला स्वमित्वमा भएको वा बन्दी बनाइएको कुनै थोकलाई फेरि किनेर फिर्ता ल्याउनुलाई जनाउछ । कसैलाई वा केही थोकलाई उद्धार गर्ने नै “उद्धारकर्ता” हो ।

  • मानिसहरू वा कुनै थोकलाई कसरी उद्धार गर्ने भन्‍ने बारेमा परमेश्‍वरले इस्राएलीहरूलाई व्यवस्थाहरू दिनुभयो ।
  • उदाहरणको लागि, कुसैले एउटा व्यक्‍तिलाई मूल्य तिरेर उसको दासत्वको बन्धनबाट मुक्‍त गर्न सक्थ्यो, ताकि दास स्वतन्‍त्र भएर जान सकोस् ।” मोल तिरेर छुटका दिनु” ले पनि यही प्रचलनलाई जनाउछ ।
  • यदि कसैको जमिन बेचिएको छ भने त्यो व्यक्‍तिको नातेदारले त्यो जमिन “छुटाउन” वा “किनेर फिर्ता गर्न” सक्थ्यो, ताकि त्यो जमिन परिवारको नै होस् ।
  • यी प्रचलनहरूले पापको दासत्वमा रहेका मानिसहरूलाई परमेश्‍वरले कसरी छुटकारा दिनुहुन्छ भन्‍ने कुरा देखाउँछ । जब येशू क्रूसमा मर्नुभयो, उहाँले मानिसहरूका सबै पापहरूको निम्ति पुरा मूल्य तिर्नुभयो र मुक्‍तिको निम्ति उहाँमा विश्‍वास गर्नेहरू सबैको उद्धार गर्नुभयो । परमेश्‍वरले उद्धार गर्नुभएका मानिसहरू पाप र यसको बन्धनबाट स्वतन्‍त्र पारिएका छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “उद्धार गर्नु” लाई “किनेर फिर्ता ल्याउनु” वा “(कसैलाई) स्वतन्‍त्र पार्नलाई मूल्य तिर्नु” वा “छुटकाराको मोल तिर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उद्धार” लाई “छुटकाराको मोल” वा “स्वतन्‍त्रता भुक्‍तान” वा “किनेर फिर्ता ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “छुटकाराको मोल तिर्नु” र “उद्धार गर्नु” शब्दहरूका आधारभूत अर्थ उस्तै हुन्छ, त्यसैले कुनै भाषाले यी दुवैलाई एउटै शब्द प्रयोग गरेर अनुवाद गर्न सक्छन् ।

(हेर्नुहोस्ः स्वतन्‍त्र पार्नु, स्वतन्‍त्रता, मुक्‍त, छुटकाराको मोल तिर्नु) बाइबलका खण्डहरूः

  • कलस्सी ०१:१३-१४
  • एफिसी ०१:७-८
  • एफिसी ०५:१५-२७
  • गलाती ०३:१३-१४
  • गलाती ०४:३-५
  • लूका ०२:३६-३८
  • रूथ ०२:१९-२०