ne_tw/bible/kt/purify.md

4.2 KiB

शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण

परिभाषा:

“शुद्ध” हुनु भनेको कुनै दोष नभएको वा त्यहाँ नहुनु पर्ने कुनै पनि कुरा नमिसाइएको । शुद्ध पार्नु भनेको यसलाई सफा गर्नु र यसलाई दुषित र अशुद्ध बनाउने कुनै पनि कुरालाई हटाउनु हो ।

  • पुरानो करारको व्यवस्थाको सन्दर्भमा, “शुद्ध पार्नु” र “शुद्धिकरण” ले मुख्यतयाः व्यक्‍ति वा वस्तुलाई विधिवत रूपमा अशुद्ध बनाउने रोग, शरीरबाट बहने कुराहरू, बलक जन्म जस्ता थोकहरूबाट सफा गर्नुलाई जनाउछ ।
  • पुरानो करारमा मानिसहरू पापबाट कसरी शुद्ध हुने भनी बताउने व्यवस्था पनि थियो, सामान्यतयाः जनावरको बलिदानद्वारा शुद्ध हुन्थे । यो अस्थाइ मात्र थियो र बलिदानहरू पटक-पटक गरिरहनु पर्थ्यो ।
  • नयाँ करारमा, शुद्ध हुनले प्रायः पापबाट शुद्ध हुनु भन्‍ने जनाउछ ।
  • मानिसहरु पूर्ण रूपमा र स्थाइ रूपमा पापबाट शुद्ध हुने एउटै मात्र उपाय पश्‍चाताप र परमेश्‍वरको क्षमा प्राप्‍तद्वारा अर्थात् येशूमा र उहाँको बलिदानमा भरोसाद्वारा हो ।

अनुवादका निम्ति सुझावहरुः

  • “शुद्ध पार्नु” लाई “शुद्ध बनाउनु” वा “सफा गर्नु” वा “सबै दुषित थोकलाई सफा गर्नु” वा “सबै पापबाट मुक्‍त हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “जब तिनीहरुका शुद्धिकरणको समय पुरा भयो” भन्‍ने वाक्‍यांशालाई यसरि अनुवाद गर्न सकिन्छ, “जब तिनीहरुले तोकिएका दिनहरूसम्म पर्खेर आफैँ शुद्ध पारेका थिए” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पापहरुको निम्ति शुद्धिकरण प्रदान गरियो” भन्‍ने वाक्यांशलाई “मानिसहरुलाई तिनीहरुका पापबाट पूर्ण रूपमा शुद्ध हुने उपाय दिइयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “शुद्धिकरण” लाई अनुवाद गर्ने अरू उपायहरूमा “सफाइ” वा “आत्मिक धुवाई” वा “विधिवत रूपमा शुद्ध हुनु” ।

(हेर्नुहोस्ः प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, सफा गर्नु, सफा पार्नु, आत्मा, आत्मिक) बाइबलका खण्डहरूः

  • १ तिमोथी ०१:५-८
  • प्रस्थान ३१:६-९
  • हिब्रू ०९:१३-१५
  • याकूब ०४:८-१०
  • लूका ०२:२२-२४
  • प्रकाश १४:३-५
  • श्रेष्‍ठगीत ०५:२