ne_tw/bible/kt/psalm.md

1.5 KiB

भजन

परिभाषा:

भजन एउटा पवित्र गीत अर्थात् प्रायः सङ्गीतबद्ध गरिएको कविता हो । पुरानो करारमा भजनसंग्रहको पुस्तकमा इस्राएलीहरूले लेखेका यी गीतहरूका सङ्गालो छ ।

  • मोशा र राजा दाऊद दुवैले भजन लेखे जुन इस्राएलीहरूले उनीहरूका परमेश्‍वरको आराधना गर्नलाई प्रयोग गरे ।
  • भजनलाई आनन्द, विश्‍वास र श्रद्धा, साथै दुःख र शोक व्यक्‍त गर्न प्रयोग गर्न सकिन्छ ।
  • नयाँ करारमा, ख्रीष्‍टियनहरूलाई आराधना स्वरूप भजनहरू गाउन निर्देशन दिइएको छ ।

(हेर्नुहोस्ः मोशा, दाऊद, इस्राएल, इस्राएलीहरू, इस्राएल राज्य) बाइबलका खण्डहरूः

  • प्रेरित १३:३२-३४
  • प्रेरित १३:३५-३७
  • कलस्सी ०३:१५-१७
  • लूका २०:४१-४४