ne_tw/bible/kt/propitiation.md

2.5 KiB

प्रायश्‍चित्त

परिभाषा:

“प्रायश्‍चित्त” ले परमेश्‍वरको इन्साफलाई तृप्‍त पार्छ वा पुरा गर्छ र उहाँको क्रोधलाई शान्त पार्छ ।

  • येशू ख्रीष्‍टको बलिदानको रगतको भेटिले मानवजातिको पापहरूको लागि परमेश्‍वरलाई प्रायश्‍चित्त हो ।
  • येशूको क्रुसको मृत्युले पापविरुद्ध परमेश्‍वरको क्रोधलाई शान्त पर्‍यो । यसले मानिसहरुलाई दयासँग हेर्न र तिनीहरूलाई अनन्त जीवन दिन परमेश्‍वरलाई उपाय प्रदान गर्‍यो ।

अनुवादका निम्ति सुझावहरुः

  • यो शब्दलाई “शान्त पार्ने काम” वा “परमेश्‍वरलाई पापहरु क्षमा गर्न र मानिसहरुलाई दया गर्न लगाउने “भनी अनुवाद गर्न सकिन्छ ।
  • “रिझाउने काम” शब्दको अर्थ “प्रायश्‍चित्त” सँग मिल्छ (नोटः अङ्ग्रेजीमा एटोनमेन्ट र प्रोपिसियसन फरक-फरक शब्दहरू भए पनि नेपालीमा दुवैको निम्ति ठेट शब्द एउटै मात्र छ) । यी दुई शब्दहरू कसरी प्रयोग गरिएका छन् भनी तुलना गर्नु महत्त्वपूर्ण हुन्छ ।

(हेर्नुहोस्ः प्रायश्‍चित, प्रायश्‍चित गर्नु, अमर, अनन्त, अनन्तता, क्षमा गर्नु, क्षमा, बलिदान, बलि) बाइबलका खण्डहरूः

  • १ यूहन्‍ना ०२:१-३
  • १ यूहन्‍ना ०४९-१०
  • रोमी ०३:२५-२६