ne_tw/bible/kt/prophet.md

7.0 KiB

अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी

परिभाषा:

“अगमवक्‍ता” परमेश्‍वरको सन्देश मानिसहरुलाई भन्‍ने एक मानिस हुन । यसो गर्ने महिलालाई “अगमवादिनी” भानिन्छ ।

  • अगमवक्‍ताको लागि पुरानो शब्द “दर्शी” वा “कोही जसले देख्छ” थियो ।
  • तैपनि, कहिले काहीँ “दर्शी” शब्दले जोखना हेर्ने वा अरु झुटा अगमक्‍तालाई जनाउछ ।
  • प्रायः अगमवक्‍ताहरूले मनिसहरुलाई तिनीहरूका पापबाट फर्कन र परमेश्‍वरको आज्ञा पालन गर्न चेतावनी दिन्थे ।
  • “अगमवाणी” अगमवक्‍ताले बोल्ने सन्देश हो ।” अगमवाणी गर्नु” भनेको परमेश्‍वरको सन्‍देश बोल्नु हो ।
  • अगमवाणीका सन्देशहरू प्रायः भविष्यमा हुने केही कुराहरूबारे हुन्थ्यो ।
  • पुरानो करारका धेरै अगमवाणीहरू पुरा भइसकेको छन् ।
  • “झुटा अगमवक्‍ता” ले बाल जस्ता झुटा देवताको सन्देशहरु बोलेको दाबी गर्थ्यो वा परमेश्‍वरको सन्देश बोलेको गलत तवरले दाबी गर्थ्यो ।

अनुवादका निम्ति सुझावहरुः

  • “अगमवक्‍ता” शब्दलाई “परमेश्‍वरको प्रवक्‍ता” वा “परमेश्‍वरको निम्ति बोल्ने मानिस” वा “परमेश्‍वरको सन्देश बोल्ने मानिस” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अगमवाणी” लाई अनुवाद गर्ने तरिकाहरूमा “परमेश्‍वरको सन्देश” वा “अगमवक्‍ताको सन्देश” पर्छन् ।
  • सन्दर्भअनुसार “अगमवाणी गर्नु” लाई यसरी अनुवाद गर्न सकिन्छ “परमेश्‍वरको वचनहरू बोल्नु” वा “भावी घटनाहरूबारे परमेश्‍वरको सन्देश भन्‍नु” ।
  • “अगमवादिनी” शब्दलाई “परमेश्‍वरको निम्ति प्रवक्‍तिनी” वा “परमेश्‍वरको निम्ति बोल्ने महिला” वा “परमेश्‍वरको सन्देश बोल्ने महिला” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः जोखना, जोखना हेर्ने, ज्योतिष, ज्योतिषी, झुटा अगमवक्‍ता, पुराहुनु) बाइबलका खण्डहरूः

  • १ थेसलोनिकी ०२:१४-१६
  • प्रेरित ०३:२४-२६
  • यूहन्‍ना ०१:४३-४५
  • मलाकी ०४:४-६
  • मत्ती ०१:२२-२३
  • मत्ती ०२:१७-१८
  • भजनसंग्रह ०५१:१-२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२-१२) जब इस्राएलीहरूले मिश्रीहरू मरेका देखे, तिनीहरूले परमेश्‍वरमा भरोसा गरे, र मोशा परमेश्‍वरका अगमवक्‍ता थिए भनी विश्‍वास गरे ।
  • (१७-१३) दाऊदले जे गरेका थिए त्यसबारे परमेश्‍वर धेरै रिसाउनुभयो, त्यसैले उनका पाप कति खराब थिए भनी बताउन नातान अगमवक्‍ता पठाउनुभयो ।
  • (१९-०१) इस्राएलको इतिहासभरि नै परमेश्‍वरले तिनीहरूकहाँ अगमवक्‍ताहरू पठाउनुभयो । अगमवक्‍ताहरूले परमेश्‍वरबाट सन्देश सुन्थे, त्यसपछि परमेश्‍वरको सन्देश मानिसहरूलाई भन्थे ।
  • (१९-०६) बालका ४५० अगमवक्ताहरू लगायत इस्राएल राज्यभरिका मानिसहरू कार्मेल पर्वतमा आए ।
  • (१९-१७) मानिहहरूले धेरैजसो परमेश्‍वरको अवाज्ञा गरे । तिनीहरूले अगमवक्‍ताहरूलाई प्रायः दुर्व्यवहार गर्थे, र कहिले काहीँ मार्थे पनि ।
  • (२१-०९) मसीह कन्याबाट जन्मनुहुनेछ भनी यशैया अगमवक्‍ताले अगमवाणी गरे ।
  • (४३-०५) “यसले योएल अगमवक्‍ताले अगमवाणी गरेका कुरा पुरा गर्छ, जसमा परमेश्‍वरले भन्‍नुभयो, ‘अन्तिम दिनहरूमा, म मेरो आत्मा खन्याउनेछु’ ।”
  • (४३-०७) “यसले यसो भन्‍ने अगमवाणी पुरा गर्छ, ‘तपाईंले तपाईंका पवित्र जनलाई चिहानमा कुहुन दिनुहुनेछैन’ ।”
  • (४८-१२) मोशा परमेश्‍वरको वचन घोषणा गर्ने महान् अगमवक्‍ता थिए । तर येशू सबैभन्दा महान् अगमवक्‍ता हुनुहुन्छ । उहाँ परमेश्‍वरको वचन हुनुहुन्छ ।