ne_tw/bible/kt/promisedland.md

5.3 KiB

प्रतिज्ञाको मुलुक

परिभाषा:

“प्रतिज्ञाको मुलुक” शब्द बाइबलका खण्डहरूमा पाइँदैन, तर बाइबलका कथाहरुमा मात्र पाइँन्छ । यो परमेश्‍वरले अब्राहाम र उनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको काननको भूमिलाई जनाउने वैकल्पिक उपाय हो ।

  • अब्राहाम ऊर सहरमा हुँदा, परमेश्‍वरले उनलाई कनानको भूमिमा गएर बस्‍नू भनी आज्ञा गर्नुभयो । ऊ र उनका सन्तानहरु अर्थात् इस्राएलीहरु, त्यहाँ धेरै बर्षसम्म बसे ।
  • उग्र अनिकालले कनानमा केही खाना कुराहरू थिएन, र इस्राएलीहरु मिश्रमा गए ।
  • चार सय वर्षपछि, परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुट्टाउनुभयो, र परमेश्‍वरले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक कनानमा फेरी ल्याउनुभयो ।

अनुवादका निम्ति सुझावहरुः

  • “प्रतिज्ञाको मुलुक” शब्दलाई यसरी अनुवाद गर्न सकिन्छ “परमेश्‍वरले अब्राहामलाई दिन्छु भन्‍नुभएको मुलुक” वा “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुएको मुलुक” वा “परमेश्‍वरले उहाँका मानिसहरुलाई प्रतिज्ञा गर्नुभएको मुलुक” वा “काननको मुलुक” ।
  • बाइबलको खण्डमा, यो शब्दावली “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मुलुक” को स्वरूपमा आउँछ ।

(हेर्नुहोस्ः कनान, कनानी, प्रतिज्ञा गर्नु) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:१-३
  • प्रेरित ०७:४-५
  • प्रेरित ०७:४४-४६
  • व्यवस्था ०८:१-२
  • इजकिएल ०७:२६-२७

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२-०१) तिनीहरू (इस्राएलीहरू) दासहरू थिएनन्, र तिनीहरू प्रतिज्ञाको मुलुकतिर गइरहेका थिए ।
  • (१४-०१) उनीहरूसँग उहाँको करारको हिस्साको रूपमा तिनीहरूले पालना गर्न चाहनुभएको व्यवस्था परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभएपछि, परमेश्‍वरले तिनीहरूलाई सिनै पर्वतबाट कानन भनिने प्रतिज्ञाको मुलुकतिर अगुवाइ गर्न सुरु गर्नुभयो ।
  • (१४-०२) परमेश्‍वरले अब्राहाम, इसहाक र याकूबसँग तिनीहरूका सन्तानहरूलाई प्रतिज्ञाको मुलुक दिनुहुनेथियो भनी प्रतिज्ञा गर्नुभयो, तर त्यस बेला त्यहाँ धेरै मानिस समूहहरू बसिरहेका थिए ।
  • (१४-१४) त्यसपछि परमेश्‍वरले मानिसहरूलाई फेरि प्रतिज्ञाको मुलुकको किनारातिर डोर्‍याउनुभयो ।
  • (१५-०२) प्रेतिज्ञाको मुलुकमा प्रवेश गर्न इस्राएलीहरूले यर्दन नदी तर्नु पर्‍यो ।
  • (१५-१२) युद्ध गरेपछि, परमेश्‍वरले इस्राएलका हरेक कुललाई प्रतिज्ञाको मुलुकको आ-आफ्नो भाग दिनुभयो ।
  • (२०-०९) परमेश्‍वरका मानिसहरूलाई प्रतिज्ञाको मुलुक छोड्न लगाइएको समयलाई निर्वासन भनिन्छ ।