ne_tw/bible/kt/promise.md

5.0 KiB

प्रतिज्ञा

परिभाषा:

प्रतिज्ञा कुनै थोक गर्ने कबुल हो । जब कसैले कुनै थोक गर्ने प्रतिज्ञा गर्छ, यसको अर्थ उनले कुनै कुरा गर्न कबुल गरिरहेको हुन्छ ।

  • परमेश्‍वरले उहाँका मानिसहरूका निम्ति गर्नुभएको कयौं प्रतिज्ञाहरू बाइबलले उल्लेख गर्छ ।
  • प्रतिज्ञाहरु करार जस्ता औपचारिक सहमतिहरूका महत्त्वपूर्ण अंश हुन् ।
  • प्रतिज्ञा पुरा गरिनेछ भनी निश्‍चय गर्नलाई प्रायः शपथ हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “प्रतिज्ञा” लाई “प्रतिबद्धता” वा “निश्‍चयता” वा “ग्यारेन्टी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कुने थोक गर्न प्रतिज्ञ गर्नु” लाई “तपाईंले कुनै थोक गर्नुहुनेछ भनी कसैलाई निश्‍चय गर्नु” वा “कुनै थोक गर्न प्रतिबद्ध हुनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः करार, शपथ, वाचा गर्नु, द्वारा वाचा गर्नु, भाकल गर्नु) बाइबलका खण्डहरूः

  • गलाती ०३:१५-१६
  • उत्पत्ति २५:३१-३४
  • हिब्रू ११:८-९
  • याकूब ०१:१२-१३
  • गन्ती ३०:१-२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०३-१५) परमेश्‍वरले भन्‍नुभयो, “मानिसहरू बालबालिका हुँदादेखि नै पापी छन्, तैपनि म प्रतिज्ञा गर्छु, म मानिसहरूले गर्ने दुष्‍ट थोकहरूका कारण भूमिलाई कहिल्यै सराप्‍ने छैन वा जलप्रलय गराएर कहिल्यै संसार विनाश पार्ने छैनँ ।”
  • (०३-१६) तब परमेश्‍वरले उहाँको प्रतिज्ञाको चिन्ह स्वरूप पहिलो इन्द्रेणी बनाउनुभयो । आकाशमा हरेक पटक इन्द्रेणी देखा पर्दा उहाँले के प्रतिज्ञा गर्नुभएको छ भन्‍ने सम्झनुहुन्थ्यो, र उहाँका मानिसहरूले पनि त्यही कुरा सम्झन्थे ।
  • (०४-०८) परमेश्‍वर अब्राहामसँग बोल्नुभयो र उनको एउटा छोरो हुनेथिए, अनि आकाशका ताराहरू जतिकै धेरै सन्तानहरू हुनेथियो भनी प्रतिज्ञा गर्नुभयो । अब्राहामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे ।
  • (०५-०४) “तेरो पत्‍नी साराईले छोरो जन्माउनेछिन्, ऊ प्रतिज्ञाको छोरो हुनेछ ।”
  • (०८-१५) परमेश्‍वरले आब्राहामसँग गर्नुभएको करार प्रतिज्ञा इसहाक, त्यसपछि याकूब, याकूबाका बह्र जना छोराहरू र तिनीहरका परिवारलाई नै दिइयो ।
  • (१७-१४) दाऊद परमेश्‍वरप्रति इमानदार भएका थिएनन् तापनि परमेश्‍वर उहाँको प्रतिज्ञाप्रति इमानदार हुनुभयो ।
  • (५०-०१) उहाँ संसारको अन्त्यमा फेरि आउनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभयो । उहाँ अझै आउनुभएको छैन तापनि उहाँले उहाँको प्रतिज्ञा पुरा गर्नुहुनेछ ।