ne_tw/bible/kt/priest.md

7.6 KiB

पूजाहारी, पूजाहारीगिरी

परिभाषा:

बाइबलमा, परमेश्‍वरका मानिसहरुका तर्फबाट परमेश्‍वरलाई बलिदानहरू चढाउन छानिएको व्यक्‍ति पूजाहारी हुन्थ्यो ।” पुजाहारीगिरी” पूजाहारी हुनुको कार्य वा अवस्थाको लागि दिइएको नाउँ थियो ।

  • पुरानो करारमा, परमेश्‍वरले हारून र उनका सन्तानहरूलाई इस्राएलका मानिसहरूका निम्ति उहाँका पूजाहारी हुनलाई छान्‍नुभयो ।
  • “पूजाहारीगिरी” लेवी कुलका छोरालाई बुबाले प्रत्यायोजन गर्ने अधिकार र दायित्व थियो ।
  • इस्राएली पूजाहारीहरुको जिम्मेवारी मानिसहरुको बलिदान परमेश्‍वरलाई चढाउनु साथै मन्दिरका अन्य कर्त्तव्यहरू पनि थिए ।
  • पूजाहारीहरूले उहाँका मानिसहरुको तर्फबाट नियमित रूपमा परमेश्‍वरलाई प्राथनाहरू चढाउँथे र अरू धार्मिक विधिहरू पनि गर्थे ।
  • पूजाहारीहरुले मानिसहरूमाथि औपचारिक आशिष्‌हरू घोषणा गर्थे र तिनीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउँथे ।
  • येशू परमेश्‍वरको सामु हाम्रा लागि मध्यस्थता गर्ने हाम्रो “महान् प्रधान पूजाहारी” हुनुहुन्छ । उहाँले आफैँलाई पापको चरम बलिदान स्वरूप चढानुभयो । यसको अर्थ मानव पूजाहारीहरूले चढाएका बलिदानहरु आवश्‍यक पर्दैन भन्‍ने हुन्छ ।
  • नयाँ करारमा, येशूमा विश्‍वास गर्ने हरेकलाई “पूजाहारी” भनिन्छ, जो आफू र अरू मानिसहरूका निम्ति मध्यस्थता गर्न प्रार्थनामा सोझै परमेश्‍वरकहाँ आउन सक्छ ।
  • प्राचीन समयमा, बाल जस्ता झुटा देवतालाई बलिदान चढाउने अयहूदी पूजाहारीहरू पनि थिए ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार, “पूजाहारी” शब्दलाऐ “बलिदान चढाउने व्यक्‍ति” वा “परमेश्‍वरको मध्यस्थकर्ता” वा “बलिदानी मध्यस्थकर्ता” वा “उहाँको प्रतिनिधित्व गर्न परमेश्‍वरले नियुक्‍ति गर्नुभएको व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पूजाहारी” को अनुवाद “मध्यस्थकर्ता” को भन्दा फरक हुनुपर्छ ।
  • केही अनुवादहरूले यसले आधुनिक पूजाहारीलाई जनाउदैन भनी स्पष्‍ट पार्न यसो भन्‍न रुचाउन पनि सक्छन् “इस्राएली पूजाहारी” वा “यहूदी पूजाहारी” वा “यह्वेका पूजाहारी” वा “बालका पूजाहारी “।
  • “पूजाहारी” शब्द अनुवाद गर्न प्रयोग गरिएको शब्द “मुख्य पूजाहारी” र “प्रधान पूजाहारी” र “लेवी” र “अगम्वक्‍ता” को निम्ति प्रयोग शब्दभन्दा फरक हुनुपर्छ ।

(हेर्नुहोस्ः हारून, मुख्या पूजाहारी, प्रधान पूजाहारी, मध्यस्थकर्ता, बलिदान, बलि) बाइबलका खण्डहरूः

  • २ इतिहास ०६:४-४२
  • प्रेरित ०५:२६-२८
  • उत्पत्ति १४:१७-१८
  • उत्पत्ति ४७:२०-२२
  • यूहन्‍ना ०१:१९-२१
  • लूका १०:३१-३२
  • मत्ती०८:४
  • मत्ती १२:३-४
  • मीका ०३:९-११
  • मर्कूस ०१:४३-४४
  • मर्कूस ०२:२५-२६
  • नहेम्याह १०:२८-२९
  • नहेम्याह १०:३४-३६
  • प्रकाश ०१:४-६

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०४-०७) “सर्वोच्‍च परमेश्‍वरका पूजाहारी मल्कीसेदेक”
  • (१३-०९) परमेश्‍वरको व्यवस्था तोड्नेले परमेश्‍वरको निम्ति बलिदानको रूपमा भेटहुने पालअगिको वेदीमा एउटा पशु ल्याउन सक्थ्यो । पूजाहारी त्यो पशुलाई मार्थ्यो, र वेदीमा जाउँथ्यो । बलि चढाइएको त्यो पशुको रगतले त्यस व्यक्‍तिको पाप ढाक्थ्यो, र त्यस व्यक्‍तिलाई परमेश्‍वरको नजरमा शुद्ध बनाउँथ्यो । परमेश्‍वरले मोशाका दाजु हारून र तिनका सन्तानहरूलाई पूजाहारी हुनलाई चुन्‍नुभयो ।
  • (१९-०७) त्यसैले बालका पूजाहारीहरूले बलिदान तयार पारे, तर आगो बालेनन् ।
  • (२१-०७) इस्राएली पूजाहारी मानिसहरूका पापहरूका दण्डको सट्टामा उनीहरूका तर्फबाट परमेश्‍वरलाई बलिदान चढाउने व्‍यक्‍ति थियो । पूजाहारीहरूले मानिसहरूका लागि परेश्‍वरसित प्रर्थना पनि गर्थे ।