ne_tw/bible/kt/power.md

6.3 KiB

शक्‍ति, शक्‍तिहरू

परिभाषा:

“शक्ति” शब्दले महान् सामर्थ्य प्रयोग गरेर केही गर्नु वा केही हुन लगाउने क्षमतालाई जनाउछ ।” शक्‍तिहरू” ले कुनै थोक गराउने महान् क्षमता भएका मानिस वा आत्माहरूलाई जनाउछ ।

  • “परमेश्‍वरको शक्ति” ले सबै थोक गर्ने, विशेष गरी मानिसको लागि असम्भव भएका थोक गर्ने परमेश्‍वरको क्षमतालाई जनाउछ ।
  • परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक थोकमाथि उहाँको पूर्ण शक्‍ति छ ।
  • परमेश्‍वरले उहाँले चाहनु भएको थोक गर्न उहाँको मानिसलाई शक्‍ति दिनु हुन्छ, ताकि जब तिनीहरुले निको पर्छन वा अन्य अचम्मको काम गर्छन्, तिनीहरुले यो परमेश्‍वरको शक्‍तिद्वारा गरून् ।
  • येशू र पवित्र आत्मा पनि परमेश्‍वर हुनुभएकाले, उहाँहरुसँग यही शक्‍ति छ ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार “शक्‍ति” शब्दलाई “क्षमता” वा “सामर्थ्य” वा “ऊर्जा” वा “अचम्मको काम गर्ने क्षमता” वा “नियन्‍त्रण” भनी अनुवाद गर्न सकिन्छ ।
  • “शक्‍ति” लाई अनुवाद गर्ने सम्भावित उपायहरू “शक्‍तिशाली प्राणी” वा “नियन्‍त्रण गर्ने आत्माहरू” वा “अरूहरूलाई नियन्‍त्रण गर्ने” हुन् ।
  • “हाम्रा शत्रुहरुका शक्‍तिबाट हामीलाई बचाउनुहोस्” भन्‍ने अभिव्यक्‍तिलाई यसरी अनुवाद गर्न सकिन्छ, “हाम्रा शत्रुहरुको अत्यचारबाट हामीलाई बचाउनुहोस्” वा “हाम्रा शत्रुहरुको नियन्‍त्रणबाट हामीलाई छुटकारा दिनुहोस्” । यस अवस्थामा, “शक्‍ति” को अर्थ कसैलाई नियन्‍त्रणमा लिन र अरुलाई अत्यचार गर्न कसैको सामर्थ्य प्रयोग गरेको भन्‍ने हुन्छ ।

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरको आत्मा, प्रभुको आत्मा, येशू, येशू ख्रीष्‍ट, आश्‍चर्यकर्म, चमत्कार, चिन्ह) बाइबलका खण्डहरूः

  • १ थेसलोनिकी०१:४-५
  • कलस्सी ०१:११-१२
  • उत्पत्ति ३१:२९-३०
  • न्यायकर्ता ०२:१८-१९
  • यर्मिया १८:२१-२३
  • यहूदा ०१:२४-२५
  • लूका ०१:६-१७
  • लूका ०४:१४-१५
  • मत्ती २६:६२-६४
  • फिलिप्पी ०३:२०-२१
  • भजनसंग्रह ०८०:१-३

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२२-०५) स्वर्गदूतले बताए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले बालक पवित्र अर्थात् परमेश्‍वरको पुत्र हुनेछ ।”
  • (२६-०१) शैतानको परिक्षामाथि विजयी भएपछि येशू पवित्र आत्माको शक्‍तिमा गालील प्रदेशतिर फर्कनुभयो, जहाँ उहाँ बस्‍नुभयो ।
  • (३२-१५) येशूले उहाँबाट शक्‍ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो ।
  • (४२-११) येशू मृत्युबाट जीवित हुनुभएको चालिस दिनपछि, उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूमाथि पवित्र आत्मा आउनुभएर मेरा पिताले तिमीहरूलाई शक्‍ति नदिनुभएसम्म, यरूशलेममा नै बस्‍नू ।”
  • (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू परमेश्‍वरको शक्‍तिद्वारा शक्‍तिशाली चिन्हहरू र चमत्कारहरू गर्ने मानिस हुनुहुन्थ्यो, जुन तपाईंहरूले अगि नै देख्‍नुभएको र जान्‍नुभएको छ ।”
  • (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा निकोभएको मानिस तपाईंहरूको सामु खडा छ ।”