ne_tw/bible/kt/pharisee.md

2.6 KiB

फरिसी

परिभाषा:

फरिसीहरू येशूको समयमा इस्राएलका धार्मिक अगुवाहरूका महत्त्वपूर्ण समूह थिए । तिनीहरूमध्ये धेरै मध्यम वर्गीय व्यापारीहरु थिए र तिनीहरूमध्ये केही पूजाहारीहरु पन थिए ।

  • सबै यहुदी अगुवाहरूमध्ये, फरिसीहरू मोशाको व्यवस्था पालन गर्न, र अन्य यहूदी व्यवस्था र परम्पराहरू पालन गर्नमा सबैभन्दा कट्टर थिए ।
  • तिनीहरू यहूदीलाई उनीहरूका वरिपरि भएका गैरयहूदी मानिसहरूको प्रभावबाट अलग राख्‍ने बारे धेरै व्यग्र थिए । वास्तवमा, “फरिसी” नाउँ नै “अलग गर्नु” भन्‍ने शब्दबाट आउँछ ।
  • फरिसीहरुले मृत्युपछिको जीवनमा, स्वर्गदुतहरूको अस्तित्वमा र अरू आत्मिक प्राणीहरुमा पनि विश्‍वास गर्थे ।
  • (मुख्य पुजाहारी सहित) फरिसीहरू र सदुकीहरूले येशूलाई र प्रारम्भिक प्रारम्भिक ख्रीष्‍टियनहरूलाई तीव्र रूपमा विरोध गरे ।

(हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी अधीकारीहरू, धार्मिक अगावहरू, व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, याह्वेको व्यवस्था, सदुकी, परिषद) बाइबलका खण्डहरूः

  • प्रेरित २६:४-५
  • यूहन्‍ना ०३:१-२
  • लूका ११:४३-४४
  • मत्ती ०३:७-९
  • मत्ती ०५:१९-२०
  • मत्ती १२:१-२
  • मत्ती १२:३८-४०
  • फिलिप्‍पी ०३:४-५