ne_tw/bible/kt/perish.md

2.3 KiB

नष्‍ट हुनु, नष्‍ट हुदै, नाशवान

परिभाषा:

“नष्‍ट हुनु” को अर्थ सामान्यतयाः कुनै हिंसा वा अरु विपतिको कारणले मर्नु वा विनाश हुनु हो । विशेष गरी बाइबलमा यसको अर्थ अनन्तको निम्ति नरकमा दण्ड दिनु भन्‍ने हुन्छ ।

  • “नष्‍ट भइरहेका” मानिसहरु नारकको लागि तय गरिएकाहरू हुन्, किनकि तिनीहरुले तिनीहरुको मुक्तिको लागि येशूमा विश्‍वास गर्न इन्कार गरेका छन् ।
  • यूहन्‍ना ३:१६ले सिकाउँछ, कि “नष्‍ट हुनु” को अर्थ अनन्तसम्म नजिउँनु हो ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार यो शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा “अनन्त रूपमा मर्नु” वा “नरकमा दण्ड दिइनु” वा “विनाश हुनु” पर्छन् ।
  • “नष्‍ट हुनु” लाई अनुवाद गर्दा यसको अर्थ “अस्तित्वमा रहन छोड्नु” मात्र होइन, अनन्त रूपमा नरकमा रहनु हो भन्‍ने कुरालाई ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः मृत्यु, मार्नु, मृत, सदाकाल, अनन्त, अनन्तता) बाइबलका खण्डहरूः

  • १ पत्रुस ०१:२२-२३
  • १ कोरिन्थी ०२:१६-१७
  • २ थेसलोनिकी ०२:८-१०
  • यर्मिया १८:१८-२०
  • भजनसंग्रह ०४९:१८-२०
  • जकरिया ०९:५-७
  • जकरिया १३:८-९