ne_tw/bible/kt/peopleofgod.md

4.4 KiB

परमेश्‍वरका मानिस, मेरा मानिस

परिभाषा:

“परमेश्‍वरका मानिस” ले परमेश्‍वरले उहाँसँग विशेष सम्बन्ध स्थापित गर्नलाई संसारबाट बोलाउनुभएको मानिसलाई जनाउछ ।

  • परमेश्‍वरले “मेरा मानिस” भन्‍नु हुँदा उहाँले चुन्‍नुभएको, र उहाँसँग सम्बन्ध भएका मानिसबारे भनिरहनुभएको हुन्छ ।
  • परमेश्‍वरका मानिस उहाँद्वारा चुनिएका, र उहाँलाई प्रशन्‍न पार्ने तरिकाले जिउँनलाई संसारबाट अलग गरिएका हुन्छन् । उहाँले उनीहरूलाई उहाँका सन्‍तानहरू भन्‍नुहुन्छ ।
  • पुरानो करारमा “परमेश्‍वरका मानिस” भन्‍ने इस्राएल जातिलाई जनाउछ, जसलाई परमेश्‍वरले चुन्‍नुभयो, र उहाँको सेवा गर्न र आज्ञा पालना गर्नलाई संसारका अरू जातिहरूबाट अलग गर्नुभयो ।
  • नयाँ करारमा “परमेश्‍वरका मानिस” भन्‍नाले विशेष गरी येशूमा विश्‍वास गर्ने सबै र मण्डली भनिनेहरूलाई जनाउछ । यसमा यहूदी र गैरयहूदी दुवै पर्छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • “परमेश्‍वरका मानिस” लाई “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरको आराधना गर्ने मानिसहरू” वा “परमेश्‍वरको सेवा गर्ने मानिसहरू” वा “परमेश्‍वको स्वामित्वमा रहेका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मेरा मानिस” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा अर्थात् परमेश्‍वरले यसो भन्‍नु हुँदा यी कुराहरू पर्न सक्छन्ः “मैले चुनेका मानिसहरू” वा “मेरो आराधना गर्ने मानिसहरू” वा “मेरो स्वामित्वमा रहेका मानिसहरू” ।
  • त्यसै गरी “तपाईंका मानिसहरू” लाई “तपाईंका स्वमित्वमा रहेका मानिसहरू” वा “तपाईंको स्वमित्वमा रहनलाई चुन्‍नुभएका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उहाँका मानिसहरू” लाई पनि “उहाँका स्वामित्वमा रहेका मानिसहरू” वा “परमेश्‍वरले उहाँको स्वामित्वमा रहनलाई चुन्‍नुभएका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, मानिस समूह, मानिस) बाइबलका खण्डहरूः

  • १ इतिहास ११:१-३
  • प्रेरित ०७:३३-३४
  • प्रेरित १०:३६-३८
  • दानिएल ०९:२४-२५
  • यशैया ०२:५-६
  • यर्मिया ०६:२०-२२
  • योएल ०३:१६-१७
  • मीका ०६:३-५
  • प्रकाश १३:७-८