ne_tw/bible/kt/passover.md

5.0 KiB

निस्तार चाड

परिभाषा:

“निस्तार” परमेश्‍वरले यहूदीहरुका पुर्खा इस्राएलीहरुलाई मिश्रको दासत्वबाट उद्धार गरेको सम्झनामा उनीहरुले प्रत्येक वर्ष मनाउने एउटा धार्मिक चाडको नाउँ हो ।

  • यो चाडको नाउँ परमेश्‍वर इस्राएलीका घरहरू “नाघेर जानु” हुँदा परमेश्‍वरले मिश्रीहरुको पहिलो छोराहरुलाई मार्नु हुँदा तिनीहरूका छोराहरुलाई मार्नु भएन भन्‍ने तथ्यबाट आउँछ ।
  • निस्तार चाडमा उनीहरूले मारेका र पोलेका सिद्ध थुमाको विशेष खाना साथै विनाखमिर बनाइएको रोटी पर्छ । यी खानाहरुले इस्रएलीहरू मिश्रको दासत्वबाट निस्‍केर आएका भन्दा पहिलो रात खाएका खानाको याद दिलाउँछन् ।
  • परमेश्‍वर इस्राएलीहरूका घरहरू “नाघेर जानुभएको” र उनीहरूलाई मिश्रको दासत्वबाट छुट्टाउनुभएको कुरालाई सम्झन र उत्सव मनाउनको लागि यो खाना हरेक वर्ष खानू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो ।

अनुवादका निम्ति सुझावहरु

  • “निस्तार” लाई “नाघ्‍नु” र “माथि” को संयोजन वा यही अर्थ भएका शब्दहरूको संयोजन गरेर अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरका कस्ता दूत इस्राएलीहरूका घरहरू भएर जानुभयो र उनीहरूका छोराहरूलाई बचाउनुभयो भन्‍ने वर्णन गर्न प्रयोग गरिएको शब्दहरू यो चाडको नाउँसँग स्‍पष्‍ट सम्बन्ध राखेमा राम्रो हुन्छ ।

बाइबलका खण्डहरूः

  • १ कोरिन्थी ०५:६-८
  • २ कोरिन्थी ०३:१३-१५
  • २ राजा २३:१-२३
  • व्यवस्था १६:१-२
  • प्रस्थान १२:२६-२८
  • एज्रा ०६:२१-२२
  • यूहन्‍ना १३:१-२
  • यहोशू ०५:१०-११
  • लेवी २३:४-६
  • गन्ती ०९:१-३

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२-१४) हरेक वर्ष निस्तार चाड मानेर मिश्रमाथि परमेश्‍वरको विजय र दासत्वबाट उनीहरूका छुटकाराको सम्झना गर्नलाई परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा गर्नुभयो ।
  • (३८-०१) यहूदीहरूले हरेक वर्ष निस्तार चाड माने । यो शताब्दीऔँअगि मिश्रको दासत्वबाट परमेश्‍वरले उनीहरूका पुर्खाहरूलाई कसरी बचाउनुभयो भन्‍ने कुराको उत्सव हो ।
  • (३८-०४) येशूले उहाँका चेलाहरूसँग निस्तार चाड मानउनुभयो ।
  • (४८-०९) जब परमेश्‍वरले रगत देख्‍नुभयो, परमेश्‍वरले उनीहरूका घरहरू नाघ्‍नुभयो, र उनीहरूका पहिलो जन्मेका छोरोलाई मार्नु भएन । यो घटनालाई निस्तार भनिन्छ ।
  • (४८-१०) येशू निस्तारको थुमा हुनुहुन्छ । उहाँ सिद्ध र पापरहित हुनुहुन्थ्यो, अनि निस्तार चाडको समयमा मारिनुभयो ।