ne_tw/bible/kt/nazirite.md

1.9 KiB

नाजिरी, नाजिरी शपथ

परिभाषा:

नाजिरी त्यो मानिस हो जसले नाजिरी शपथ लिएको हुन्छ । एउटा महिलाले पनि शपथ लिन सक्दथी ।

  • नाजिरी शपथमा प्राय गरेर अंगुरबाट बनेको खाने वा पिउने कुराबाट टाढा रहनुपर्ने भएको, र केहि दिन, हप्‍ता वा महिना आफ्नो कपाल काट्न नपाइने जस्ता कुराहरू समावेश हुन्थ्यो । तिनीहरूलाई मरेका व्‍यक्‍तिहरूको नजिक जानलाई प्रबन्ध लगाइएको हुन्थ्यो ।
  • त्यो भाकल गरिएको समय बितिसकेपछि र त्यो सपथ पूरा भएपछि, नाजिरीहरू पूजाहारीकहाँ गएर भेटी दिन्थे । तिनीहरूले त्यहाँ गएर आफ्नो कपाल काट्ने र जलाउने काम पनि गर्थे । र अरू सबै प्रतिबन्धहरू हटाइन्थे ।
  • सिमसोन पुरानो नियममा नाजिरी शपथको लागी धेरै नै प्रचलित छन् ।
  • बप्‍तिष्मा दिने यहुन्‍नाले पनि आफ्नो जीवन-कालमा नाजिरी शपथ लिएको हुन सक्दछ ।
  • प्रेरित पावलले पनि एउटा समयमा यो शपथ लिएको हुनसक्दछ ।