ne_tw/bible/kt/name.md

3.9 KiB

नाम

परिभाषा:

बाइबलमा नामलाई धेरै सांकेतिक रुपमा प्रयोग गरेको पाइन्छ ।

  • केहि सन्दर्भमा, नामले व्‍यक्‍तिको प्रसिद्धिलाई जनाउँछ, “आउनुहोस् हाम्रो नामलाई आफैँले निर्माण गरौ” ।
  • नामले कुनै कुराको सम्झनालाई जनाउँछ । जस्तै “मुर्तिहरूबाट नाम हटाओ” को अर्थ तिनीहरूले अब ती मुर्तिहरूको सम्झना नगरुन् र तिनीहरूलाई नापूजुन् भनेर ती मुर्तिहरूलाई नष्‍ट गर्नु हो ।
  • “परमेश्‍वरको नाममा बोल्नु” भनेको उहाँको शक्तिमा वा अधिकारमा उहाँको प्रतिनिधित्व गरेर बोल्नु हो ।
  • कसैको “नामल” “पूरै व्‍यक्‍तिलाई जनाउन सक्छ, जस्तै, “हाम्रो उद्धार गर्नको निम्ति स्वर्गमुनि अरू कुनै नाम दिइएको छैन ।”

अनुवाद सुझावहरू

  • “वहाँको असल नाम” बन्‍ने वाक्यांशलाई “वहाँको असल मान “भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कसैको नाममा” केहि कुरा गर्नु भन्‍ने वाक्यांशलाई त्यस व्‍यक्‍तिको “अधिकार सहित” वा “अनुमति सहित” वा “प्रतिनिधित्व गरेर” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “आओ हाम्रो नाम बनाऔँ” भन्‍ने अभिव्‍यक्‍तिलाई “धेरै मनिसहरूले हामीलाई चिन्‍न सक्‍ने बनाऔँ” वा “हामीहरू महत्त्वपूर्ण छौँ भनेर मानिसहरूलाई थाहा गराऔँ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उनको नामले बोलाओ” भन्‍ने वाक्यलाई “नामले बोलाओ” वा “उसलाई नाम दिएर बोलाओ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “जसले तपाईंको नामलाई प्रेम गर्छन्” भन्‍ने वाक्यांशलाई “तपाईंलाई प्रेम गर्नेहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मुर्तिहरूबाट नामहरू हटाओ” भान्‍ने वाक्यांश लाई “तिनीहरूको सम्झना नगरियोस् भनेर यी पूजा गरिने मुर्तिहरूबाट टाढा बस” वा “झुटा देवताहरूलाई पूज्‍नबाट मानिसहरूलाई रोक्‍न” वा “मानिसहरूले कहिले पनि याद नगरोस् भनेर सबै मुर्तिहरूलाई पूर्णरूपमा नष्‍ट गर” भनेर अनुवाद गर्न सकिन्छ ।