ne_tw/bible/kt/mosthigh.md

1.5 KiB

सर्वोच्‍च

परिभाषा:

“सर्वोच्‍च” भन्‍ने शब्द परमेश्‍वरका लागि प्रयोग गरिने उपमा हो । यसले उहाँको महानता वा अख्तियारलाई जनाउँछ ।

  • यो शब्दको अर्थ “सम्प्रभु” वा “सर्वोच्‍च” जस्तै हो ।
  • यस उपमामा प्रयोग भएको “उच्‍च” शब्दले भौतिक उचाइ वा दूरीको बारेमा सङ्केत गेरको होइन । यसले महानतालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “सर्वोच्‍च परमेश्‍वर” वा “सर्वोच्‍च जन” वा “सबैभन्दा महान्” वा “परमेश्‍वर, जो सबै भन्दा महान् हुनुहुन्छ” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “उच्‍च” जस्तो शब्द प्रयोग गरिएको छ भने, यसको आशय भौतिक वा शारीरिक रूपमा उच्‍च वा अग्लो होइन भन्‍ने कुरा निश्‍चित गर्नुहोस् ।