ne_tw/bible/kt/miracle.md

7.6 KiB
Raw Permalink Blame History

आश्‍चर्यकर्म, चमत्कार, चिन्ह

परिभाषा:

“आश्‍चर्यकर्म” भनेको यस्तो अचम्मको केही कुरा हो जुन चाँहि परमेश्‍वरबाट मात्र सम्भव छ, र उहाँ भन्दा बाहेक अरूबाट सम्भव छैन ।

  • येशूले गर्नुभएका आश्‍चर्यकर्मका उदाहरणहरूमा आँधीलाई शान्त पार्नुभएको, र दृष्‍टिविहीन् मानिसलाई निको पार्नुभएको आदि छन् ।
  • कहिले कहीं आश्‍चर्यकर्महरूलाई “चमत्कारहरू” भनिएको छ, किनभने यी कुराले मानिसहरू चकित भए वा छक्‍क पर्छन् ।
  • “चमत्कार” भन्‍ने शब्दले परमेश्‍वरको शक्त्तिको आश्‍चर्यजनक प्रदर्शनलाई पनि जनाउँछ, जस्तै उहाँले स्वर्ग र पृथ्वी सृजना गर्नुहुँदाको क्षण ।
  • आश्‍चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्‍न सकिन्छ, किनभने तिनीहरूले परमेश्‍वर सारा सृष्‍टिमाथि पूर्ण अधिकार राख्‍ने सर्वाशक्त्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सङ्केत वा प्रमाण दिन्छन् ।
  • कतिपय आश्‍चर्यकर्महरू परमेश्‍वरका उद्धारका कार्यहरू थिए, जस्तै उहाँले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुहुँदा अनि दानिएललाई सिंहहरूबाट सुरक्षित राख्‍नुहुँदाको क्षण ।
  • चमत्कारहरू परमेश्‍वरका न्यायका कार्यहरू थिए, जस्तै उहाँले नोआको समयमा पृथ्वीभरि जलप्रलय गराउनुहुँदा र मोशाको समयमा मिश्र देशमा भयङ्कर विपत्तिहरू ल्याउनुहुँदा ।
  • परमेश्‍वरका धेरै जसो आश्‍चर्यकर्महरूमा बिरामी मानिसहरूलाई निको बनाउने वा मरेका मानिसहरूलाई फेरि जीवित बनाउने जस्ता कामहरू रहेका छन् ।
  • परमेश्‍वरको शक्त्ति येशूमा प्रदर्शन भयो जब उहाँले मानिसहरूलाई निको बनाउनुभयो, आँधीहरूलाई शान्त पर्नुभयो, पानीमाथि हिँड्नु भयो, मरेका मानिसहरूलाई व्युँताउनु भयो । यी सबै आश्‍चर्यकर्महरू थिए ।
  • परमेश्‍वरले अगमवक्त्ता र प्रेरितहरूलाई पनि आश्‍चर्यकर्महरू गर्न सक्षम तुल्यानुभयो, जुन कामहरू परमेश्‍वरको शक्त्तिद्वारा मात्र सम्भव थिए, जस्तै कि बिरामीलाई निको बनाउने र अन्य कार्यहरू ।

अनुवादका लागि सुझावहरू

  • “आश्‍चर्यकर्महरू” वा “चमत्कारहरू” का सम्भावित अनुवादहरूमा, “परमेश्‍वरले गर्नुहुने असम्भव कुराहरू” वा “परमेश्‍वरका शक्त्तिशाली कार्यहरू” वा “परमेश्‍वरका उदेकका कार्यहरू” हुन् सक्छन् ।
  • “चिन्ह र चमत्कारहरू” भन्‍ने बारम्बार प्रयोग हुने अभिव्यक्त्तिलाई “प्रमाण र आश्‍चर्यकर्महरू” वा “आश्‍चर्यमय कार्यहरू जसले परमेश्‍वरको शक्त्तिलाई प्रमाणित गर्छन्” वा “उदेकका आश्‍चर्यकर्महरू जसले परमेश्‍वरको महानतालाई देखाउँछन्” भनेर अनुवाद गर्न सकिन्छ ।
  • आश्‍चर्यमय चिन्ह को अर्थ कुनै कुराको प्रमाण दिने चिन्ह भन्दा फरक छ भन्‍ने कुरामा ध्यान दिनुहोस् । यी दुई सम्बन्धित भने हुनसक्छन् ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • परमेश्‍वरले इस्राएललाई बचाउन गिदोनलाई प्रयोग गर्नुहुन्छ भन्‍ने निश्‍चयता पाउनको निम्ति उनले परमेश्‍वरसंग दुईवटा चिन्हहरू मागे ।
  • परमेश्‍वरले एलीशाको मध्यमबाट धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
  • यस आश्‍चर्यकर्मको कारण धेरै यहूदीहरूले येशूमाथि विश्‍वास गरे ।
  • “इस्राएलका मानिस हो, तिमीहरूले पहिले नै देखाका र जानेका छौ, कि येशूले धेरै शक्तिशाली चिन्हहरू र चमत्कारहरू गर्नुभयो ।”
  • येशू परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्न वहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो । वहाँ पानी माथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै बिरामीलाई निको पार्नुभयो, भुतआत्माहरू निकाल्नुभयो, मृतकलाई जीवित बनाउनुभयो, र पाँच रोटि र दुई साना माछालाई ५, भन्दा धेरै मानिसलाई पुग्‍ने भोजनमा परिणत गर्नुभयो ।