ne_tw/bible/kt/mercy.md

5.1 KiB

कृपा, कृपालु

परिभाषा:

“कृपा” र “कृपालु” भन्‍ने शब्दले खाँचोमा परेका मानिसहरूलाई सहायता गर्ने कामलाई जनाउँछ, विशेष गरी उनीहरू निम्‍न वा नम्र अवस्थामा भएको खण्डमा ।

  • “कृपा” ले उनीहरूले गरेको कुनै गलत कामको लागि मानिसहरूलाई सजाय नदिने अर्थलाई पनि समेट्छ ।
  • कुनै शक्त्तिशाली व्यक्त्ति जस्तै एउटा राजाले मानिसहरूलाई हानी नगरी उनीहरूलाई दयापूर्वक व्यवहार गर्छ भने ऊ “कृपालु” भएको भनिन्छ ।
  • कृपालु हुनुको अर्थ हामीलाई अन्याय गर्ने व्यक्त्तिलाई क्षमा गर्नु भन्‍ने पनि हुन्छ ।
  • कृपा देखाउँदा हामीले ठूलो खाँचोमा परेका मानिसहरूलाई सहायता गर्छौँ ।
  • परमेश्‍वर हामीप्रति कृपालु हुनुहुन्छ, अनि हामी पनि अरूप्रति कृपालु भएको उहाँ चाहनु हुन्छ ।

अनुवादका लागि सुझावहरू

  • सन्दर्भका आधारमा, “कृपा” लाई “दया” वा “माया” को रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • “कृपालु” भन्‍ने शब्दलाई, “दया देखाउने” वा “कसैप्रति कोमल हुने” वा “क्षमा दिने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कसैप्रति कृपा देखाउनु” वा “कसैमाथि कृपा गर्नु” लाई, “दयापूर्वक व्यवहार गर्नु” वा “कसैप्रति कोमल हुनु” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • तिनीहरू (अगमवक्ताहरू) सबैले मानिसहरूलाई मूर्तिपूजा गर्न त्यागेर अरूहरूप्रति न्यायपूर्ण व्यवहार गर्दै कृपा देखाउन भने ।
  • उनी (यर्मिया) कुँवाको फेदमा भएको दलदल भित्र डुबे, तर राजाले उनी माथि कृपा देखाए र उनी मर्न भन्दा अगि आफ्ना यर्मियालाई त्यस कुँवाबाट निकाल्न नोकरहरूलाई आज्ञा दिए ।
  • पर्सियाका सम्राट शक्तिशाली थिए, तर आफूले विजय प्राप्‍त गरेका मानिसहरू माथि तिनी कृपालु थिए ।
  • त्यसपछि त्यो कानूनमा दक्ष मानिसलाई येशुले सोध्‍नुभयो, “तिम्रो विचारमा, ति तिनमध्ये त्यो लुटिएको र पिटिएको मानिसको छिमेकी हो ?” उसले उत्तर दियो, “त्यो मानिस जो त्यसप्रति कृपालु थियो ।”
  • तर येशूले उसलाई भन्‍नुभयो, “होइन, तिमी घर गएको म चाहन्छु र गएर तिम्रा मित्रहरू र परिवारलाई परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएको काम र तिमी माथि देखाउनु भएको कृपाको बारेमा बताऊ ।”
  • “तर त्यो कर उठाउने व्‍यक्‍ति ती धर्मी शासकहरूबाट टाढै बस्यो, र माथि स्वर्गतिर उसले नजर लगाएन । तर उसले आफ्नो छाती पिट्यो र यसरी प्रार्थना गर्यो, ‘परमप्रभु परमेश्‍वर म माथि कृपा देखाउनुहोस् किनकि म पापी छु । ‘”