ne_tw/bible/kt/manna.md

1.9 KiB

मन्‍न

परिभाषा:

मन्‍न रोटी जस्तै पातलो भोजन थियो जुन चाँहि इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेपछि उजाड-स्थानमा परमेश्‍वरले तिनीहरूलाई जुटाइदिनुभएको थियो ।

  • प्रत्येक बिहान शीतसँगै मन्‍न सेतो पत्रको रूपमा बर्सन्थ्यो । इस्राएलीहरूले शबाथ दिनबाहेक अरू प्रत्येक दिन मन्‍न बटुल्थे अनि यसले प्रत्येकको लागि अघाउन्जेल ठीक्‍क पुग्थ्यो ।
  • सबाथ दिनभन्दा अगिल्लो दिन, परमेश्‍वरले इस्राएलीहरूलाई दुई गुणा बढी बटुल्ने आदेश दिनुभयो, ताकि भोलिपल्ट उनीहरूले बटुल्नु नपरोस् ।
  • “मन्‍न” शब्दको अर्थ “यो के हो ?” भन्‍ने हुन्छ ।

अनुवादका लागि सुझावहरू

  • यो शब्द अनुवाद गर्ने अन्य तरिका यस्ता हुन्छन्ः “पातलो सेतो अन्‍नका पत्रहरू” वा “स्वर्गबाटको अन्‍न” ।
  • यो शब्दलाई कुनै स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा कसरी अनुवाद गरिएको छ, त्यो विचार गर्नुहोस् ।